Trending
>>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

आज मिति २०७९ साल चैत्र २३ गते बिहीबार, हेर्नुहोस् आजको राशीफल


आज मिति २०७९ साल चैत्र २३ गते बिहीबार। आजको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

मेष राशी – सरकारी कामकाजले तनावै–तनाव झेल्नु पर्ने छ। स्वास्थ्यमा गडबढी आउने छ। प्रेममा धाेका मिल्ने याेग छ।

वृष राशी – समय मध्यम छ। अरूकाे सेवामा मन जाने छ। राेकिएका काम पूरा हुने छन्। पढाईमा औसत सफलता हासिल हुनेछ।

मिथुन राशी – प्रेममा वियाेग हुने याेग छ। दिन साेचेजस्ताे राम्राे हुने छैन। आफ्नै प्रेमी वा प्रेमिकाका कारण मानप्रतिष्ठामा आँच आउने छ, विवाद बढ्ने छ।

कर्कट राशी – धन आर्जन हुनसक्छ। तर परिश्रम पनि त्यतिकै गर्नुपर्ने छ। काम सफल भएपनि दिनभर व्यस्तता रहने छ।

सिंह राशी – लगानी तथा व्यापार–व्यवसाय थाल्ने याेग छ। यात्रा सफल हुने छ। मन प्रसन्न रहला। शुभकार्यकाे थालनी हाेला।

कन्या राशी – परिवारमा मेलमिलाप हुने छ। कार्यसिद्धिकाे याेग छ। दिन राम्राे छ। स्वास्थ्यमा सुधार आउने छ।

तुला राशी – साथीले घात गर्ने छन्। दिन अनावश्यक झमेलामा बित्ने छ। दिन खराब छ। प्रेमीबाटै धाेका पाइने छ।

वृश्चिक राशी – पैसा खर्च हुने छ। तनाव बढ्ने छ। साँझपख मात्रै केही राम्राे हुनेछ। माया प्रेमकाे विषयबाट टाढा रहनुहाेला । दिन राम्राे छैन।

धनु राशी – झै–झगडाकाे याेग छ। मन पराएकाे वा विश्वास गरेकै मानिसबाट धोका पाउने याेग छ। मिल्ने साथीभाइ र प्रेमीप्रेमिकाबीच मनमुटाव हुने छ।

मकर राशी – दिनभरि अनावश्यक चिन्ताले सताउने छ। परिवारमा अविश्वास बढ्ने छ। धर्मको गरेपनि अपजस मिल्ने छ।

कुम्भ राशी – मध्यान्हपछि केही राम्राे छ। तर दिन सधैँजस्ताे छैन। पूरानो गल्तीले मनमा खिन्नता छाउने छ।

मीन राशी – अध्ययन अध्यापनमा सोचेभन्दा राम्रो सफलता हासिल हुने छ। दिन अत्यन्तै राम्रो छ। सम्पति आर्जन हुनेछ।


प्रकाशित मिति: २३ चैत्र २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?