Trending
>>   सुदूरपश्चिम रोयल्समाथि लुम्बिनी पूर्ण हाबी >>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ >>   नेपाल प्रिमियर लिग (एनपीएल): नेपाली क्रिकेटको व्यावसायिक उडान र बढ्दो क्रेज >>   नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट शुरु >>   एमाले वरिष्ठ नेता भण्डारी स्वदेश फिर्ता >>   ब्राजिलको राष्ट्रपतिमा लुलाको जित, फ्लाभियो बोल्सोनारोले नतिजा अस्वीकार गरे >>   संघीय संसदमा ३६ विधेयक विचाराधीन, सात नयाँ विधेयक दर्ता >>   आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन >>   सरकारी कर्मचारीलाई ६० लाखसम्म ऋण, ब्याज सरकारले तिरिदिने तयारी >>   आजबाट शुरु हुँदै एनपिएलको उत्सव, लुम्बिनी र सुदूरपश्चिमबीच उद्घाटन खेल
Logo
११ कार्तिक २०८३, मंगलवार
११ कार्तिक २०८३, मंगलवार

काँग्रेसलाई बलियो बनाउन जरुरीः सभापति देउवा


काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसलाई बलियो बनाउन जरुरी रहेको बताएका छन् ।

आईतवार भक्तपुरमा शहीद राधेश्याम जोन्छेको १३ औं पुण्यतिथिमा आयोजित स्मृति सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले जीवनीबाट प्रेरणा लिएर काँग्रेसलाई बलियो बनाउनुपर्ने बताए । उनले शहीद जोन्छेको बारेमा अझै धेरै पुस्तकहरु लेखेर जनमानसमा पुर्याउनुपर्ने बताए । उनको प्रेरणाबाट युवाहरुले धेरै कुराहरु सिक्न सक्ने जिकिर गरे । आफूले मन्त्री बनाउन चाहेको भएपनि बनाउन नसकेकोप्रति दुःख व्यक्त गरे ।

सभापति देउवाले भने, ‘उहाँका सम्बन्धमा हामीले अझै केही किताव लेख्नुछ । देशभर नै उहाँको प्रचार गर्नुछ । भोलिका युवाले उहाँको प्रेरणाबाट धेरै कुरा सिक्न सक्छन् । उहाँका धेरै कामहरुको चचर्चा गर्न जरुरी छ । म त अझ मन्त्री बनाउन चाहन्थेँ उहाँलाई । उहाँले राम्रो काम गर्नुभएको छ । उहाँकाप्रति सम्मान मात्रै गर्ने होइन, उहाँको उदारताबाट प्रेरणा लिएर हाम्रो पार्टीलाई बलियो बनाउनु पर्छ ।’

सभापति देउवाले शहीद जोन्छेको जीवनीबाट प्रेरणा लिन जरुरी रहेको बताए ।


प्रकाशित मिति: २५ जेष्ठ २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?