Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१८ आश्विन २०८३, आईतवार
१८ आश्विन २०८३, आईतवार

हङकङमा घरेलु कामदारको माग धेरै छः डिस्ट्रिक्ट काउन्सिलर गुरुङ


काठमाडौँ। हङकङको एक मात्र नेपाली डिस्ट्रिक्ट काउन्सिलर अरुणा गुरुङले हङकङमा घरेलु कामदारको माग भने धेरै रहेको पनि बताएकी छिन् ।

तमु बौद्ध सेवा समितिले आईतवार काठमाडौंमा आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले हङकङमा धेरै सुविधाहरु रहेको भएपनि भाषाको कमजोरीका कारण नेपालीहरुले सदुपयोग गर्न नसकेको बताईन । उनले हङकङमा नेपालीहरु अन्य देशहरुको तुलनामा भाषाको कमजोरीका कारण पिछडिएको आफ्नो अनुभव रहेको बताईन । उनले हङकङमा अहिले धेरै नेपालीहरु बेरोजगार भएको पनि बताईन ।

उनले भनीन, ‘हङकङमा थुप्रै फासेलिटीहरु छ । तर नेपालीहरुले भाषाको कमजोरीका कारण जति पनि ट्याक्स तिरेर काम गरेपनि हामीले यो कुरा थाहा पाएनौँ । त्यसको लागि इन्टरडिपेण्डेन्ट सर्भिस पनि गरेका थियौँ । इण्डियन कम्युनिटीहरु पनि छ, पाकिस्तानी, बंगलादेशी छन् । त्यसमध्येमा पनि हामी नेपालीहरु हङकङमा अलि पिछडिएको जस्तो लाग्छ । हामी गोरखाली भएर यत्रो राम्रो काम हङकङको लागि गरेका छौँ । हाम्रो लागि पनि किन नगर्ने ? भन्ने आवाज उठाएको छु । आउँदो दिनमा नेपालका लागि राम्रो काम गर्ने विश्वास छ । हङकङमा अहिले धेरै नेपालीहरु बेरोजगार भएको छ । घरेलु कामदारमा हङकङमा धेरै डिमाण्ड छ ।’ काठमाडौँ। हङकङको एक मात्र नेपाली डिस्ट्रिक्ट काउन्सिलर अरुणा गुरुङले हङकङमा घरेलु कामदारको माग भने धेरै रहेको पनि बताएकी छिन् ।

हङकङमा रोजगारीका लागि धेरै नेपालीहरु पुग्ने गरेका छन् । आन्तरिक कामदारको लागि खाडी मुलुकको भन्दा आर्थिक हिसावले र सुरक्षाका दृष्टिकोणले पनि हङकङ राम्रो रहेको गुरुङको भनाइ छ ।


प्रकाशित मिति: २५ जेष्ठ २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?