Trending
>>   एसिडिटी के हो ? यस्ता छन् सजिलै निवारण गर्ने उपायहरु >>   रास्वपालाई अमेरिकाले चीन विरोधी शक्तिको रुपमा प्रयोग गर्छः राष्ट्रिय जनमोर्चा >>   मध्यपूर्वको तनावलाई अर्थ मन्त्रालयले कसरी हेरेको छ ? >>   हिम्मत भए प्रधानमन्त्रीको कार्यकक्षमा र संसद भवनमा ग्रेटर नेपालको नक्शा राख्न बालेनलाई चुनौती >>   सर्वोच्च अदालतको फैसला नआई काँग्रेसको नियमित महाधिवेशन हुन सक्दैनः देउवा पक्ष >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशन आगामी भदौ २४ देखि २६ सम्म काठमाडौंमा हुने >>   हतार र हतास मनस्थितिमा आएर राजीनामा दिएको थिइनँः सभापति थापा >>   मुलुकमा सुशासन कायम तथा शासकीय सुधारका सन्दर्भमा सरकारसँग सहकार्य गर्छौंः सभापति थापा >>   राष्ट्रिय स्वतन्त्र पार्टीको उदय हुनुमा प्रवासी नेपालीको ठूलो भुमिका छ : सोमनाथ सापकोटा >>   नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

संस्कृति नीति चालु अधिवेशनबाटै पारित गर्छौंः मन्त्री पाण्डे


काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले संस्कृति नीति चालु अधिवेशनबाटै पारित गर्ने बताएका छन् ।

शुक्रवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन् । उनले अहिलेको समसामयिक र वर्तमान अवस्थालाई बोकेर हिँड्नसक्ने संस्कृति नीति सदनबाट पारित हुने बताए । अभौतिक सम्पदाको संरक्षणका लागि भनेर संसदमा ऐन छलफलमा रहेको पनि उल्लेख गरे । अभौतिक विषयवस्तुलाई संरक्षण र संवद्र्धन गर्ने प्रवद्र्धन गर्ने दिशामा सरकार अग्रसर रहेको बताए । प्रज्ञा प्रतिष्ठान, संगीत तथा नाट्य प्रतिष्ठान, राष्ट्रिय नाचघर, ललितकला प्रतिष्ठान लगायतको माध्यमबाट सम्पदा, संस्कृतिलाई संवद्र्धन गर्ने दिशामा संस्कृति मन्त्रालयले भुमिका निर्वाह गर्ने बताए ।

मन्त्री पाण्डेले भने, ‘यस पटक हामीले सदनबाट संस्कृति नीति पास गर्दैछौँ । अहिलेको समसामयिक हाम्रो अवस्था, वर्तमान र सामयिकतालाई त्यसले बोकेर हिँड्ने गरी हामीले संस्कृति नीति बनाएका छौँ । अहिले अभौतिक सम्पदाको संरक्षणका लागि भनेर संसदमा ऐन छलफलमा छ । यो सबै अभौतिक विषयवस्तुहरु हुन् । यि अभौतिक विषयवस्तुलाई संरक्षण र संवद्र्धन गर्ने प्रवद्र्धन गर्ने दिशामा हामी अघि बढेका छाँै । प्रज्ञा प्रतिष्ठान, संगीत तथा नाट्य प्रतिष्ठान, राष्ट्रिय नाचघर, ललितकला प्रतिष्ठान छ । यि प्रतिष्ठानका माध्यमबाट हाम्रा सम्पदा, संस्कृतिलाई संवद्र्धन गर्ने दिशामा संस्कृति मन्त्रालयले भुमिका निर्वाह गर्नेछ ।’

मन्त्री पाण्डेले नेपालको प्रकृति अनुपम रहेको बताए । प्रकृति र संस्कृति नेपालको सम्पती भएको बताएका छन् । संस्कृतिको उत्थान र विकास एवं प्रकृतिको उपयोगबाट नेपाल विश्वमाझ चिनाउनु जरुरी रहेको बताए ।


प्रकाशित मिति: २३ जेष्ठ २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?