Trending
>>   एसिडिटी के हो ? यस्ता छन् सजिलै निवारण गर्ने उपायहरु >>   रास्वपालाई अमेरिकाले चीन विरोधी शक्तिको रुपमा प्रयोग गर्छः राष्ट्रिय जनमोर्चा >>   मध्यपूर्वको तनावलाई अर्थ मन्त्रालयले कसरी हेरेको छ ? >>   हिम्मत भए प्रधानमन्त्रीको कार्यकक्षमा र संसद भवनमा ग्रेटर नेपालको नक्शा राख्न बालेनलाई चुनौती >>   सर्वोच्च अदालतको फैसला नआई काँग्रेसको नियमित महाधिवेशन हुन सक्दैनः देउवा पक्ष >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशन आगामी भदौ २४ देखि २६ सम्म काठमाडौंमा हुने >>   हतार र हतास मनस्थितिमा आएर राजीनामा दिएको थिइनँः सभापति थापा >>   मुलुकमा सुशासन कायम तथा शासकीय सुधारका सन्दर्भमा सरकारसँग सहकार्य गर्छौंः सभापति थापा >>   राष्ट्रिय स्वतन्त्र पार्टीको उदय हुनुमा प्रवासी नेपालीको ठूलो भुमिका छ : सोमनाथ सापकोटा >>   नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

महासचिव गुरुङको आरोपः ‘बजेट यथास्थितिवादी, मुलुक दलाल पुँजीवादको कब्जामा’


काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले सरकारले ल्याएको अगामी आर्थिक वर्षको बजेट यथास्थितिवादी भएको टिप्पणी गरेका छन् ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महासचिव गुरुङले यस्तो टिप्पणी गरेका हुन् । राजश्व संकलन न्युन हुँदाहुँदै पनि सरकारले बजेटको आकार अत्यन्त ठूलो बनाएको उनको भनाइ छ । राजश्व संकलन न्यून र चुहावट धेरै भएको उल्लेख गर्दै उहाँले राजश्वले चालु खर्च धान्न समेत नसक्ने बताए ।

उनले भने, ‘बजेट अग्रगामी बजेटको रुपमा आएको छैन । बजेट यथास्थितिवादी बजेटको अवस्थामा रहेको छ । मुुलुकको स्रोत साधनको हिसाबले राजश्व जति संकलन हुनुपर्ने हो त्यति हुन सकेको छैन । र बजेटको आकार अत्यन्तै ठूलो आकारमा आएको छ । राजश्व संकलन अत्यन्तै न्यून छ । राजश्व चुहावटको समस्या छ । अनियमितताको समस्या छ । जसले गर्दा जति राजश्व उठ्नुपर्ने हो त्यति राजश्व उठिरहेको छैन । राजश्वले सामान्य चालु खर्च समेत धान्न सक्ने अवस्था छैन । त्यसकारण अन्य खर्चहरु पनि ऋणबाट धान्नुपर्ने देखिन्छ ।’

महासचिव गुरुङले नेपालको सत्ता अझै पनि एकाधिकार दलाल पुँजीवादको नियन्त्रणमा रहेको आरोप लगाए । राजतन्त्रको अन्त्यपछि दलाल पुँजीवाद मुल प्रवृत्तिको रूपमा भित्रिएको उनको आरोप छ । उनले विश्व साम्राज्यवाद नेपालजस्ता देशहरूमा स्थायित्व नभई द्वन्द्व चाहने गरेको समेत बताए । उनले विश्व साम्राज्यवादलाई नेपाललाई युद्धको क्रिडास्थल बनाउने चाहना रहेको समेत दाबी गरे । उनले लामो समयसम्म पनि संक्रमणकालीन न्याय (टिआरसी) टुंग्याउन नसकेको भन्दै चिन्ता व्यक्त गरे । उनले दलाल पुँजीवादीहरुको प्रभुत्वको कारण टिआरसीको समस्या अहिलेसम्म पनि हल हुन नसकेको जिकिर गरेका छन् ।

उनले भने, ‘अहिले मुलुकमा संक्रमणकालीन न्याय (टिआरसी)हरुको सम्बन्धमा समस्याहरुको हल हुन्छ कि हुदैन ? भन्ने प्रश्न छ । १७, १८ वर्ष बितिसक्दा पनि यो समस्या हल हुन सकेको छैन । राजतन्त्र विस्थापित भइसकेपछि नेपालको सन्दर्भमा एकाधिकार दलाल पूँजीवाद नै मुल प्रभुत्वको रुपमा रहेको छ । एकाधिकार दलाल पुँजीवाद भनेको कमिशनतन्त्र र भ्रष्टाचारीतन्त्रमा चल्ने एजेन्सीहरुको संस्था हो । बहुराष्ट्रिय कम्पनीहरुसँग जोडिएको र ग्लोबल पावरसँग जोडिएको संस्था नै एजेन्सीहरुको संस्था हो । त्यही ग्लोबल पावरसँग जोडिएको संस्था भएको हुनाले माक्सवादीहरुले अहिलेको युगलाई साम्राज्यवादको युग भनेर पनि भनेका छन् । यसको सम्पर्क सम्बन्ध भनेको साम्राज्यवादसँग जोडिन्छ । यतिखेर विश्व साम्राज्यवाद के चाहन्छ त भन्दाखेरी नेपाल लगायतका देशहरुमा शान्ती चाहादैन । स्थिरता चाहँदैन र स्थायित्व पनि चाहादैन । त्यहाँ द्वन्द्व र युद्ध चाहन्छ । युद्धको क्रिडास्थल बनाउन चाहन्छ ।’

उनले वर्तमान सरकारले भ्रष्टाचारलाई बढावा दिएको आरोप समेत लगाए ।


प्रकाशित मिति: २३ जेष्ठ २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?