Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

महासचिव गुरुङको आरोपः ‘बजेट यथास्थितिवादी, मुलुक दलाल पुँजीवादको कब्जामा’


काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले सरकारले ल्याएको अगामी आर्थिक वर्षको बजेट यथास्थितिवादी भएको टिप्पणी गरेका छन् ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महासचिव गुरुङले यस्तो टिप्पणी गरेका हुन् । राजश्व संकलन न्युन हुँदाहुँदै पनि सरकारले बजेटको आकार अत्यन्त ठूलो बनाएको उनको भनाइ छ । राजश्व संकलन न्यून र चुहावट धेरै भएको उल्लेख गर्दै उहाँले राजश्वले चालु खर्च धान्न समेत नसक्ने बताए ।

उनले भने, ‘बजेट अग्रगामी बजेटको रुपमा आएको छैन । बजेट यथास्थितिवादी बजेटको अवस्थामा रहेको छ । मुुलुकको स्रोत साधनको हिसाबले राजश्व जति संकलन हुनुपर्ने हो त्यति हुन सकेको छैन । र बजेटको आकार अत्यन्तै ठूलो आकारमा आएको छ । राजश्व संकलन अत्यन्तै न्यून छ । राजश्व चुहावटको समस्या छ । अनियमितताको समस्या छ । जसले गर्दा जति राजश्व उठ्नुपर्ने हो त्यति राजश्व उठिरहेको छैन । राजश्वले सामान्य चालु खर्च समेत धान्न सक्ने अवस्था छैन । त्यसकारण अन्य खर्चहरु पनि ऋणबाट धान्नुपर्ने देखिन्छ ।’

महासचिव गुरुङले नेपालको सत्ता अझै पनि एकाधिकार दलाल पुँजीवादको नियन्त्रणमा रहेको आरोप लगाए । राजतन्त्रको अन्त्यपछि दलाल पुँजीवाद मुल प्रवृत्तिको रूपमा भित्रिएको उनको आरोप छ । उनले विश्व साम्राज्यवाद नेपालजस्ता देशहरूमा स्थायित्व नभई द्वन्द्व चाहने गरेको समेत बताए । उनले विश्व साम्राज्यवादलाई नेपाललाई युद्धको क्रिडास्थल बनाउने चाहना रहेको समेत दाबी गरे । उनले लामो समयसम्म पनि संक्रमणकालीन न्याय (टिआरसी) टुंग्याउन नसकेको भन्दै चिन्ता व्यक्त गरे । उनले दलाल पुँजीवादीहरुको प्रभुत्वको कारण टिआरसीको समस्या अहिलेसम्म पनि हल हुन नसकेको जिकिर गरेका छन् ।

उनले भने, ‘अहिले मुलुकमा संक्रमणकालीन न्याय (टिआरसी)हरुको सम्बन्धमा समस्याहरुको हल हुन्छ कि हुदैन ? भन्ने प्रश्न छ । १७, १८ वर्ष बितिसक्दा पनि यो समस्या हल हुन सकेको छैन । राजतन्त्र विस्थापित भइसकेपछि नेपालको सन्दर्भमा एकाधिकार दलाल पूँजीवाद नै मुल प्रभुत्वको रुपमा रहेको छ । एकाधिकार दलाल पुँजीवाद भनेको कमिशनतन्त्र र भ्रष्टाचारीतन्त्रमा चल्ने एजेन्सीहरुको संस्था हो । बहुराष्ट्रिय कम्पनीहरुसँग जोडिएको र ग्लोबल पावरसँग जोडिएको संस्था नै एजेन्सीहरुको संस्था हो । त्यही ग्लोबल पावरसँग जोडिएको संस्था भएको हुनाले माक्सवादीहरुले अहिलेको युगलाई साम्राज्यवादको युग भनेर पनि भनेका छन् । यसको सम्पर्क सम्बन्ध भनेको साम्राज्यवादसँग जोडिन्छ । यतिखेर विश्व साम्राज्यवाद के चाहन्छ त भन्दाखेरी नेपाल लगायतका देशहरुमा शान्ती चाहादैन । स्थिरता चाहँदैन र स्थायित्व पनि चाहादैन । त्यहाँ द्वन्द्व र युद्ध चाहन्छ । युद्धको क्रिडास्थल बनाउन चाहन्छ ।’

उनले वर्तमान सरकारले भ्रष्टाचारलाई बढावा दिएको आरोप समेत लगाए ।


प्रकाशित मिति: २३ जेष्ठ २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?