Trending
>>   एसिडिटी के हो ? यस्ता छन् सजिलै निवारण गर्ने उपायहरु >>   रास्वपालाई अमेरिकाले चीन विरोधी शक्तिको रुपमा प्रयोग गर्छः राष्ट्रिय जनमोर्चा >>   मध्यपूर्वको तनावलाई अर्थ मन्त्रालयले कसरी हेरेको छ ? >>   हिम्मत भए प्रधानमन्त्रीको कार्यकक्षमा र संसद भवनमा ग्रेटर नेपालको नक्शा राख्न बालेनलाई चुनौती >>   सर्वोच्च अदालतको फैसला नआई काँग्रेसको नियमित महाधिवेशन हुन सक्दैनः देउवा पक्ष >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशन आगामी भदौ २४ देखि २६ सम्म काठमाडौंमा हुने >>   हतार र हतास मनस्थितिमा आएर राजीनामा दिएको थिइनँः सभापति थापा >>   मुलुकमा सुशासन कायम तथा शासकीय सुधारका सन्दर्भमा सरकारसँग सहकार्य गर्छौंः सभापति थापा >>   राष्ट्रिय स्वतन्त्र पार्टीको उदय हुनुमा प्रवासी नेपालीको ठूलो भुमिका छ : सोमनाथ सापकोटा >>   नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

कर्मचारीको तलव नबढाएसम्म भ्रष्टाचार रोकिँदैनः सांसद बस्नेत


काठमाडौँ। राष्ट्रियसभा सदस्य जितजंग बस्नेतले कर्मचारीको तलब नबढाएसम्म देशमा भ्रष्टाचार नरोकिने बताएका छन् ।

शुक्रवारको राष्ट्रिय सभा बैठकमा आर्थिक वर्ष २०८२÷०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् । उनले कर्मचारीले काम गरेनन्, भ्रष्ट भए भन्ने धेरै सुनिएको बताउँदै कर्मचारीको तलबले खान नपुग्ने स्थिति रहेको बताए । बस्नेतले देशमा महँगी, कालोबजारी बढेको बताउँदै यातायात र शिक्षाको महँगी कारणले कर्मचारीहरू बाच्नै समस्या हुने जिकिर गरे । उनले भ्रष्टाचार दुई किसिमको हुने बताउँदै पहिलो मानसिकताबाट र दोस्रो भोको पेटका कारण हुने बताए । उनले भोको पेटले देशमा काम नहुने बताउँदै कर्मचारीको सेवा सुविधा बढाउनुपर्नेमा जोड दिए ।

उनले भने , “हामीले कर्मचारीले काम गरेन, कर्मचारीहरू काम गर्दैनन्, कर्मचारीहरू भ्रष्ट भए भन्ने कुरा यहाँ धेरै सुनियो । साँच्चिकै कर्मचारीहरू भ्रष्ट भएकै हुन त ? देशको जुन आकासिएको महँगी छ, कालोबजारी छ, कर्मचारीको तलब स्केल हेर्यौ । प्रहरी, सेना, सशस्त्रको तलब स्केल हेरौँ । प्राइभेट सेक्टरको तलब स्केल हेरौँ, पब्लिक सेक्टरको तलब स्केल हेरौँ, त्यसले खान पुग्छ ? नेपालको तलबको रेन्ज २६ हजारदेखि ८० हजार भन्दा माथि छैन । त्यो रेन्जले बाँचेर खान पुग्छ ? भ्रष्टाचार दुई किसिमको हुन्छ । मानसिकताबाट भ्रष्टाचार, त्यो गरिबी होस्, धनी होस् त्यसले भ्रष्टाचार गर्छ । अर्को, भोको पेटले भ्रष्टाचार गर्छ । घर भाडा यस्तो महँगो छ, यातायात, शिक्षा यस्तो महँगो छ, अनि कसरी बाच्ने हो कर्मचारीले ? हामीले अब तलब नबढाउने हो भने यो देशमा भ्रष्टाचार रोकिँदैन । मलाई लाग्छ, भोको पेट यो देशमा काम हुँदैन । हामीले कर्मचारीको सेवा सुविधा बढाउनै पर्छ ।”

उनले सरकारले ल्याएको बजेट केबल सत्तारुढ दलको दस्ताबेज मात्रै नभई साझा राष्ट्रिय आकांक्षाको प्रतीक रहेको दाबी गरे ।


प्रकाशित मिति: २३ जेष्ठ २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?