Trending
>>   ‘अंक गणितमा रास्वपा अगाडि भएपनि जनमत प्रतिपक्षको पक्षमा छ’ – रामबहादुर थापा >>   एमालेको नयाँ रणनीतिः सदनमा ‘वाचडग’को भुमिका, भोलिको बैठक चल्न दिने >>   एनएनआइपिए स्पोट्र्स अवार्डको तयारी पूरा >>   संसदीय दलको नेता चयन प्रक्रिया लोकतान्त्रिक अभ्यास हो, हारबाट हतोत्साहित हुनु पर्दैनः सुहाङ नेम्वाङ >>   बजेट मार्गदर्शन तयार, बजेट लेखन थालिँदै >>   अनधिकृत रुपमा वक्तव्यबाजी नगर्न नेता खड्कालाई काँग्रेसको निर्देशन >>   रेडक्रसका नाममा भइरहेको भ्रष्टाचार नियन्त्रण गर्न दलीय आधारमा गठन भएका सबै समितिहरू विघटन गरौँ :… >>   ५ लाखभन्दा बढी विद्यार्थी सहभागी हुँदै बिहिबारबाट एसईई सुरु हुने,नतिजा प्रकाशन एक महिनामै गर्ने तयारी >>   सभामुखको चुनाव चैत २२ मा हुने, यस्तो छ प्रतिनिधि सभाको पहिलो बैठकको कार्यसूचि >>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी
Logo
१९ चैत्र २०८२, बिहीबार
१९ चैत्र २०८२, बिहीबार

‘हिमालय क्षेत्रका साझा समस्या समाधानका लागि क्षेत्रीय सहकार्य आवश्यक’


काठमाडौँ। जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएको प्रतिकुल असरलाई अन्तर्राष्ट्रिय स्तरमा प्रभावकारी रूपमा प्रश्तुत गर्ने ‘हिन्दकुश हिमालय संसदीय सम्मेलन’ले महत्वपूर्ण भुमिका खेल्ने सांसदहरुले विश्वास व्यक्त गरेका छन ।

शुक्रवार सिंहदरबारमा बसेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै सांसदहरुले यस्तो विश्वास व्यक्त गरेका हुन् । सम्मेलन समयानुकुल रहेका उल्लेख गर्दै उनीहरुले स्थानीय तह र प्रत्यक्ष प्रभावित समुदायको सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिए । नेपाली काँग्रेसका सांसद वीरबहादुर बलायरले हिन्दकुश हिमालय क्षेत्रमा रहेका आठ राष्ट्रहरूको साझा चासोलाई अन्तर्राष्ट्रिय समुदायसम्म सम्मेलन कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे । उनले हिमाल र हिमाली क्षेत्रमा बसोबास गर्ने नागरिकले भोगिरहेको समस्याको विषयमा विश्वको धयानाकर्षण गराउनुपर्ने बताए । उनले हिमालको समस्या समाधान कुनैपनि देशको एकल प्रयासबाट सम्भव नरहेको उल्लेख गर्दै हिन्दकुश हिमालय क्षेत्रमा रहेका देशहरुबीच सहकार्य र समन्वयको खाँचो रहेको समेत उल्लेख गरेका छन् ।

उनले भने, ‘जलवायु परिवर्तनको कारण हिमालमा परेको असर र हामीले भोग्नुपरेको क्षति तथा हिमाल अवस्थित रहेको हिमाल र भुटानले भोगिरहेको समस्यालाई कसरी अन्तर्राष्ट्रियस्तरमा पु¥याउने भन्ने विषय महत्वपूर्ण हो । हिन्दकुश हिमालय रिजनमा रहेका आठ वटा राष्ट्रहरुले विश्व समूदायमा आफ्नो आवाज एक्यवद्धताका साथ उठाउने प्रतिबद्धताका साथ हामीले यो सम्मेलन गर्नुपरेको हो ।’

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विनिता कठायतले सम्मेलनमा हिमाली क्षेत्रमा प्रत्यक्ष प्रभावित स्थानीय समुदायको सहभागिता सुनिश्चित गर्नुपर्ने धारणा राखे । उनले समुदायसँग प्रत्यक्ष सम्बन्ध राख्ने स्थानीय सरकार र समुदायको सहभागिता बिना सम्मेलन सफल र प्रभावकारी हुन नसक्ने बताए ।

उनले भने , ‘हामीले यस्तो राम्रो कार्यक्रम आयोजना गरिरहँदा तल्लो तहको सरकारदेखि लिएर त्यहाँ बस्ने समुदायलाई पनि सहभागि गराउनुपर्छ । त्यसले राम्रो नतिजा दिन्छ होला । कतिपय हिमालमै बस्ने मानिसहरुलाई पनि त्यहाँको सुरक्षाको विषयमा थाहा हुदैन । त्यहाँका समस्याहरुबारे हिमाल बाहिर बस्ने हामीहरुलाई पनि थाहा नहुने भएको कारण यसको विषयमा छलफल गर्न आवश्यक छ ।’

बैठकमा बोल्ने अधिकांश सांसदहरुले सम्मेलनमा हुने सहभागिता, व्यवस्थापन, छलफलका विषयवस्तुलगायत बारेमा जिज्ञासा राखेका छन् । समितिले आगामी साउन २ र ३ गते उक्त सम्मेलन गर्न लागेको हो । सम्मेलनमा जलवायु विपद् र प्रदुषण, पर्वतीय क्षेत्र र जीवनशैली विषयमा छलफल हुने तथा यस क्षेत्रका मुलुकमा भएका जलवायु अनुकुलनसम्बन्धी अनुभव आदानप्रदान हुने बताइएको छ ।


प्रकाशित मिति: २३ जेष्ठ २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?