Trending
>>   ‘अंक गणितमा रास्वपा अगाडि भएपनि जनमत प्रतिपक्षको पक्षमा छ’ – रामबहादुर थापा >>   एमालेको नयाँ रणनीतिः सदनमा ‘वाचडग’को भुमिका, भोलिको बैठक चल्न दिने >>   एनएनआइपिए स्पोट्र्स अवार्डको तयारी पूरा >>   संसदीय दलको नेता चयन प्रक्रिया लोकतान्त्रिक अभ्यास हो, हारबाट हतोत्साहित हुनु पर्दैनः सुहाङ नेम्वाङ >>   बजेट मार्गदर्शन तयार, बजेट लेखन थालिँदै >>   अनधिकृत रुपमा वक्तव्यबाजी नगर्न नेता खड्कालाई काँग्रेसको निर्देशन >>   रेडक्रसका नाममा भइरहेको भ्रष्टाचार नियन्त्रण गर्न दलीय आधारमा गठन भएका सबै समितिहरू विघटन गरौँ :… >>   ५ लाखभन्दा बढी विद्यार्थी सहभागी हुँदै बिहिबारबाट एसईई सुरु हुने,नतिजा प्रकाशन एक महिनामै गर्ने तयारी >>   सभामुखको चुनाव चैत २२ मा हुने, यस्तो छ प्रतिनिधि सभाको पहिलो बैठकको कार्यसूचि >>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी
Logo
१९ चैत्र २०८२, बिहीबार
१९ चैत्र २०८२, बिहीबार

‘हिन्दकुश हिमालय संसदीय सम्मेलन’ सफल बनाउन सरकार प्रतिवद्ध छः वनमन्त्री ठकुरी


काठमाडौँ। वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले ‘हिन्दकुश हिमालय संसदीय सम्मेलन’लाई सफल बनाउनको लागि सरकार पूर्ण रूपमा सहयोग र सहकार्य गर्न प्रतिवद्ध रहेको बताएका छन् ।

शुक्रवार सिंहदरबारमा बसेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै मन्त्री ठकुरीले यस्तो बताएका हुन् । उनले जलवायु परिवर्तनको असर न्युनिकरण गर्न तथा पर्यावरण संरक्षणको मुद्दामा उक्त सम्मेलनले महत्वपूर्ण भुमिका खेल्ने समेत बताए । मन्त्री ठकुरीले हिन्दकोष हिमालय भएका देशहरुमा अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)ले गरिरहेको हिमाल संरक्षणको मुद्दालाई संसदीय गतिविधिमा जोड्नको कृषि समितिले खेलेको भूमिका महत्वपूर्ण रहेको उनको भनाइ छ ।

मन्त्री ठकुरीले भने, ‘हिन्दकुश हिमालय संसदीय सम्मेलन’ गर्नको लागि नेपाल सरकारको तर्फबाट पूर्णरुपमा सहकार्य र सहयोग रहनेछ । मन्त्रालय यसका लागि पूर्णरुपमा प्रतिवद्ध छ । वन मन्त्रालयले यस सम्मेलनलाई सफल बनाउनको लागि पूर्ण सक्रियता र सहभागिता देखाउँनेछ । मिति समेत तय भइसकेको हुनाले आजकै मितिबाट तिब्रताका साथ तयारी अघि बढाऔँ । जहिले पनि अन्तर्राष्ट्रिय मञ्चमा गएर मात्र सहभागि जनाउने हाम्रो परिस्थिति थियो । अब नेपालले पनि ठुला ठुला कार्यक्रम गर्नसक्ने कुराहरु सगरमाथा संवाददेखि यो कार्यक्रमले पनि प्रमाणि गर्नेछ ।’

बैठकमा राष्ट्रिय योजना आयोगका सचिव सुमनराज अर्यालले जलवायु परिवर्तनको असर केवल एक देशको विषय नभएको उल्लेख गर्दै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सहकार्य अपरिहार्य रहेको धारणा राखे । उनले जलवायु परिवर्तनले हिमालमा मात्र नभई तटीय क्षेत्रमा समेत प्रभाव पार्ने उल्लेख गर्दै प्रमाणका आधारमा वकालत गर्नुपर्ने बताए । उनले सम्मेलन आयोजना गर्न संसदीय समितिद्वारा गरिएको पहल सकारात्मक रहेको र एसिमोडसँगको सहकार्यले त्यसलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरे ।

उनले भने, ‘जलवायु परिवर्तनको विषयवस्तु कुनै एक देशको विषयवस्तु मात्र रहेन । त्यसकारण हाम्रो मात्र विषय वस्तुले काम गर्दैन । विभिन्न सरकारहरुबीच सहकार्य आवश्यक छ । हिमाली क्षेत्रमा हुने पर्यावरणीय परिवर्तनको असरको मात्र कुराकानी होइन तटीय क्षेत्रसम्म पुग्छ । त्यसो भएको हुनाले प्रमाणमा आधारित भएर वकालत नगरिकन हुँदैन । त्यसकारण एसिमोडसँगको सहकार्यमा संसदीय समितिले गरेको यो शुरुवात असाध्यै राम्रो छ ।’

आगामी साउन २ र ३ गते ‘हिन्दकुश हिमालय संसदीय सम्मेलन’ हुने भएको छ । प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको समन्वय र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) को सहयोगमा उक्त सम्मेलन हुन लागेको हो ।


प्रकाशित मिति: २३ जेष्ठ २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?