Trending
>>   सुदूरपश्चिम रोयल्समाथि लुम्बिनी पूर्ण हाबी >>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ >>   नेपाल प्रिमियर लिग (एनपीएल): नेपाली क्रिकेटको व्यावसायिक उडान र बढ्दो क्रेज >>   नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट शुरु >>   एमाले वरिष्ठ नेता भण्डारी स्वदेश फिर्ता >>   ब्राजिलको राष्ट्रपतिमा लुलाको जित, फ्लाभियो बोल्सोनारोले नतिजा अस्वीकार गरे >>   संघीय संसदमा ३६ विधेयक विचाराधीन, सात नयाँ विधेयक दर्ता >>   आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन >>   सरकारी कर्मचारीलाई ६० लाखसम्म ऋण, ब्याज सरकारले तिरिदिने तयारी >>   आजबाट शुरु हुँदै एनपिएलको उत्सव, लुम्बिनी र सुदूरपश्चिमबीच उद्घाटन खेल
Logo
११ कार्तिक २०८३, मंगलवार
११ कार्तिक २०८३, मंगलवार

वातावरण संरक्षणको लागि पालिकाहरूले नेतृत्व गर्नुपर्छः मन्त्री दाहाल


काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले वातावरण संरक्षणको लागि पालिकाहरूले नेतृत्व गर्नुपर्ने बताएका छन् ।

डिप्लोमा इन्जिनियर्स एशोसिएशन, नेपाल (डीन) को ४५ औँ वार्षिकोत्सव तथा विश्व वातावरण दिवसको अवसरमा शुक्रवार ललितपुरमा आयोजित “जलवायु परिवर्तन, प्लास्टिक र विश्वव्यापी वातावरण” विषयक कार्यशालामा बोल्दै उनले यस्तो बताएका हुन् । उनले काठमाडौं, पोखरा, विराटनगरजस्ता घना जनसङ्ख्या भएका शहरहरूका नगर तथा महानगरहरूले नेतृत्वदायी भुमिका खेल्नुपर्ने बताए । उनले महानगरमा घना बस्ती भएका कारणले फोहोरहरू बढी उत्पादन हुने बताउँदै त्यसलाई नियन्त्रण गर्ने सम्बन्धमा कामहरू गर्नुपर्ने जिकिर गरे । मन्त्री दाहालले वातावरण संरक्षणको लागि पालिका र सरकारले पहल गरेर मात्रै नहुने बताउँदै जनताले पनि साथ दिनुपर्ने बताए । उनले आम जनताले साथ नदिए सफलतामा पुग्न नसकिने जिकिर गरे ।

उनले भने, “काठमाडौँ, पोखरा, विराटनगरजस्ता घना जनसङ्ख्या भएका शहरहरूका नगर, महानगरहरूले अर्थात सबै नगर तथा महानगरहरूले वातावरण संरक्षणको लागि नेतृत्व गर्नुपर्छ । हरेक नगर, हरेक पालिकाहरूले त्यसको नेतृत्व गर्नुपर्छ । विशेष गरी, महानगरहरूले त्यसको नेतृत्व गर्नुपर्छ, किनभने त्यहाँ घना बस्ती छ, फोहोरहरू त्यहाँ बढी उत्पादन हुन्छ । त्यसलाई कसरी नियन्त्रण गर्ने सम्बन्धमा कामहरू गर्नुपर्छ । तर, पालिकाहरूले गरेर मात्रै हुँदैन । अथवा, सरकारले गरेर मात्रै हुँदैन । जनताहरूमा पनि चेतना जाग्नुपर्छ, जनताहरूले साथ दिनुपर्छ । आम जनताले त्यसमा साथ दिएनन् भने हामी सफलतामा पुग्न सक्दैनौँ ।”

उनले हरेक क्रियाकलापहरू वातावरणमैत्री हुनु आवश्यक रहेको बताए ।


प्रकाशित मिति: २३ जेष्ठ २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?