Trending
>>   ‘अंक गणितमा रास्वपा अगाडि भएपनि जनमत प्रतिपक्षको पक्षमा छ’ – रामबहादुर थापा >>   एमालेको नयाँ रणनीतिः सदनमा ‘वाचडग’को भुमिका, भोलिको बैठक चल्न दिने >>   एनएनआइपिए स्पोट्र्स अवार्डको तयारी पूरा >>   संसदीय दलको नेता चयन प्रक्रिया लोकतान्त्रिक अभ्यास हो, हारबाट हतोत्साहित हुनु पर्दैनः सुहाङ नेम्वाङ >>   बजेट मार्गदर्शन तयार, बजेट लेखन थालिँदै >>   अनधिकृत रुपमा वक्तव्यबाजी नगर्न नेता खड्कालाई काँग्रेसको निर्देशन >>   रेडक्रसका नाममा भइरहेको भ्रष्टाचार नियन्त्रण गर्न दलीय आधारमा गठन भएका सबै समितिहरू विघटन गरौँ :… >>   ५ लाखभन्दा बढी विद्यार्थी सहभागी हुँदै बिहिबारबाट एसईई सुरु हुने,नतिजा प्रकाशन एक महिनामै गर्ने तयारी >>   सभामुखको चुनाव चैत २२ मा हुने, यस्तो छ प्रतिनिधि सभाको पहिलो बैठकको कार्यसूचि >>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी
Logo
१९ चैत्र २०८२, बिहीबार
१९ चैत्र २०८२, बिहीबार

वातावरण संरक्षणको लागि पालिकाहरूले नेतृत्व गर्नुपर्छः मन्त्री दाहाल


काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले वातावरण संरक्षणको लागि पालिकाहरूले नेतृत्व गर्नुपर्ने बताएका छन् ।

डिप्लोमा इन्जिनियर्स एशोसिएशन, नेपाल (डीन) को ४५ औँ वार्षिकोत्सव तथा विश्व वातावरण दिवसको अवसरमा शुक्रवार ललितपुरमा आयोजित “जलवायु परिवर्तन, प्लास्टिक र विश्वव्यापी वातावरण” विषयक कार्यशालामा बोल्दै उनले यस्तो बताएका हुन् । उनले काठमाडौं, पोखरा, विराटनगरजस्ता घना जनसङ्ख्या भएका शहरहरूका नगर तथा महानगरहरूले नेतृत्वदायी भुमिका खेल्नुपर्ने बताए । उनले महानगरमा घना बस्ती भएका कारणले फोहोरहरू बढी उत्पादन हुने बताउँदै त्यसलाई नियन्त्रण गर्ने सम्बन्धमा कामहरू गर्नुपर्ने जिकिर गरे । मन्त्री दाहालले वातावरण संरक्षणको लागि पालिका र सरकारले पहल गरेर मात्रै नहुने बताउँदै जनताले पनि साथ दिनुपर्ने बताए । उनले आम जनताले साथ नदिए सफलतामा पुग्न नसकिने जिकिर गरे ।

उनले भने, “काठमाडौँ, पोखरा, विराटनगरजस्ता घना जनसङ्ख्या भएका शहरहरूका नगर, महानगरहरूले अर्थात सबै नगर तथा महानगरहरूले वातावरण संरक्षणको लागि नेतृत्व गर्नुपर्छ । हरेक नगर, हरेक पालिकाहरूले त्यसको नेतृत्व गर्नुपर्छ । विशेष गरी, महानगरहरूले त्यसको नेतृत्व गर्नुपर्छ, किनभने त्यहाँ घना बस्ती छ, फोहोरहरू त्यहाँ बढी उत्पादन हुन्छ । त्यसलाई कसरी नियन्त्रण गर्ने सम्बन्धमा कामहरू गर्नुपर्छ । तर, पालिकाहरूले गरेर मात्रै हुँदैन । अथवा, सरकारले गरेर मात्रै हुँदैन । जनताहरूमा पनि चेतना जाग्नुपर्छ, जनताहरूले साथ दिनुपर्छ । आम जनताले त्यसमा साथ दिएनन् भने हामी सफलतामा पुग्न सक्दैनौँ ।”

उनले हरेक क्रियाकलापहरू वातावरणमैत्री हुनु आवश्यक रहेको बताए ।


प्रकाशित मिति: २३ जेष्ठ २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?