Trending
>>   ‘अंक गणितमा रास्वपा अगाडि भएपनि जनमत प्रतिपक्षको पक्षमा छ’ – रामबहादुर थापा >>   एमालेको नयाँ रणनीतिः सदनमा ‘वाचडग’को भुमिका, भोलिको बैठक चल्न दिने >>   एनएनआइपिए स्पोट्र्स अवार्डको तयारी पूरा >>   संसदीय दलको नेता चयन प्रक्रिया लोकतान्त्रिक अभ्यास हो, हारबाट हतोत्साहित हुनु पर्दैनः सुहाङ नेम्वाङ >>   बजेट मार्गदर्शन तयार, बजेट लेखन थालिँदै >>   अनधिकृत रुपमा वक्तव्यबाजी नगर्न नेता खड्कालाई काँग्रेसको निर्देशन >>   रेडक्रसका नाममा भइरहेको भ्रष्टाचार नियन्त्रण गर्न दलीय आधारमा गठन भएका सबै समितिहरू विघटन गरौँ :… >>   ५ लाखभन्दा बढी विद्यार्थी सहभागी हुँदै बिहिबारबाट एसईई सुरु हुने,नतिजा प्रकाशन एक महिनामै गर्ने तयारी >>   सभामुखको चुनाव चैत २२ मा हुने, यस्तो छ प्रतिनिधि सभाको पहिलो बैठकको कार्यसूचि >>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी
Logo
१९ चैत्र २०८२, बिहीबार
१९ चैत्र २०८२, बिहीबार

सरकारसँगको सहमतिबाट पछि नहट्न शिक्षकहरुलाई सांसद श्रेष्ठको आग्रह


काठमाडौँ। नेकपा एमाले सांसद कृष्णगोपाल श्रेष्ठले सरकारसँग गरेको सहमतिबाट पछि नहट्न शिक्षकहरुसँग आग्रह गरेका छन् ।

शुक्रवार काठमाडौंमा नेपाल आदर्श माध्यमिक विद्यालयको ७५ औं वर्ष हिरक जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले शिक्षकहरुले लामो आन्दोलन गरेर सरकारसँग सहमति कायम गर्नुभएको बताए । उनले पटक पटक गरिएका सहमति लागू हुन नसकेको भएपनि अहिले गरेका सहमति कार्यान्वयनमा लैजान जोड दिनुपर्ने बताए । शिक्षकहरुका माग सम्बोधनका लागि आफ्नो तर्फबाट पूरा सहयोग रहने जिकिर गरे ।

सांसद श्रेष्ठले भने, ‘शिक्षकहरुले लामो आन्दोलन गरेर सरकारसँग सहमति कायम गर्नुभएको छ । पटक पटक सहमति गर्नुभएको छ । लागू भएको छैन । यो पटक तपाईंहरुले नछोड्नु होला । यो पालि गज्जवसँग सहमति गर्नुभएको छ । जति प्राप्त गर्नुभएको छ, त्यो पूरा गर्ने काममा लाग्नुस् । पूर्वशिक्षामन्त्रीको, जनप्रतिनिधिको हैसियतले यहाँहरुलाई पूरा सहयोग हुनेछ । वर्तमान सरकारको शिक्षामन्त्रीसहित भएको र सत्तारुढ पार्टीकै एक जना जनप्रतिनिध भएको नाताले भनेको छु । अधिकार मागेर पाइँदैन, खोसेर लिनुपर्छ ।’

अधिकार मागेर नपाइने भन्दै खोसेर लिनुपर्ने बताए ।


प्रकाशित मिति: २३ जेष्ठ २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?