Trending
>>   सुदूरपश्चिम रोयल्समाथि लुम्बिनी पूर्ण हाबी >>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ >>   नेपाल प्रिमियर लिग (एनपीएल): नेपाली क्रिकेटको व्यावसायिक उडान र बढ्दो क्रेज >>   नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट शुरु >>   एमाले वरिष्ठ नेता भण्डारी स्वदेश फिर्ता >>   ब्राजिलको राष्ट्रपतिमा लुलाको जित, फ्लाभियो बोल्सोनारोले नतिजा अस्वीकार गरे >>   संघीय संसदमा ३६ विधेयक विचाराधीन, सात नयाँ विधेयक दर्ता >>   आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन >>   सरकारी कर्मचारीलाई ६० लाखसम्म ऋण, ब्याज सरकारले तिरिदिने तयारी >>   आजबाट शुरु हुँदै एनपिएलको उत्सव, लुम्बिनी र सुदूरपश्चिमबीच उद्घाटन खेल
Logo
११ कार्तिक २०८३, मंगलवार
११ कार्तिक २०८३, मंगलवार

सरकारसँगको सहमतिबाट पछि नहट्न शिक्षकहरुलाई सांसद श्रेष्ठको आग्रह


काठमाडौँ। नेकपा एमाले सांसद कृष्णगोपाल श्रेष्ठले सरकारसँग गरेको सहमतिबाट पछि नहट्न शिक्षकहरुसँग आग्रह गरेका छन् ।

शुक्रवार काठमाडौंमा नेपाल आदर्श माध्यमिक विद्यालयको ७५ औं वर्ष हिरक जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले शिक्षकहरुले लामो आन्दोलन गरेर सरकारसँग सहमति कायम गर्नुभएको बताए । उनले पटक पटक गरिएका सहमति लागू हुन नसकेको भएपनि अहिले गरेका सहमति कार्यान्वयनमा लैजान जोड दिनुपर्ने बताए । शिक्षकहरुका माग सम्बोधनका लागि आफ्नो तर्फबाट पूरा सहयोग रहने जिकिर गरे ।

सांसद श्रेष्ठले भने, ‘शिक्षकहरुले लामो आन्दोलन गरेर सरकारसँग सहमति कायम गर्नुभएको छ । पटक पटक सहमति गर्नुभएको छ । लागू भएको छैन । यो पटक तपाईंहरुले नछोड्नु होला । यो पालि गज्जवसँग सहमति गर्नुभएको छ । जति प्राप्त गर्नुभएको छ, त्यो पूरा गर्ने काममा लाग्नुस् । पूर्वशिक्षामन्त्रीको, जनप्रतिनिधिको हैसियतले यहाँहरुलाई पूरा सहयोग हुनेछ । वर्तमान सरकारको शिक्षामन्त्रीसहित भएको र सत्तारुढ पार्टीकै एक जना जनप्रतिनिध भएको नाताले भनेको छु । अधिकार मागेर पाइँदैन, खोसेर लिनुपर्छ ।’

अधिकार मागेर नपाइने भन्दै खोसेर लिनुपर्ने बताए ।


प्रकाशित मिति: २३ जेष्ठ २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?