Trending
>>   ‘अंक गणितमा रास्वपा अगाडि भएपनि जनमत प्रतिपक्षको पक्षमा छ’ – रामबहादुर थापा >>   एमालेको नयाँ रणनीतिः सदनमा ‘वाचडग’को भुमिका, भोलिको बैठक चल्न दिने >>   एनएनआइपिए स्पोट्र्स अवार्डको तयारी पूरा >>   संसदीय दलको नेता चयन प्रक्रिया लोकतान्त्रिक अभ्यास हो, हारबाट हतोत्साहित हुनु पर्दैनः सुहाङ नेम्वाङ >>   बजेट मार्गदर्शन तयार, बजेट लेखन थालिँदै >>   अनधिकृत रुपमा वक्तव्यबाजी नगर्न नेता खड्कालाई काँग्रेसको निर्देशन >>   रेडक्रसका नाममा भइरहेको भ्रष्टाचार नियन्त्रण गर्न दलीय आधारमा गठन भएका सबै समितिहरू विघटन गरौँ :… >>   ५ लाखभन्दा बढी विद्यार्थी सहभागी हुँदै बिहिबारबाट एसईई सुरु हुने,नतिजा प्रकाशन एक महिनामै गर्ने तयारी >>   सभामुखको चुनाव चैत २२ मा हुने, यस्तो छ प्रतिनिधि सभाको पहिलो बैठकको कार्यसूचि >>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी
Logo
१९ चैत्र २०८२, बिहीबार
१९ चैत्र २०८२, बिहीबार

सरकारी विद्यालयलाई निजीसँग प्रतिष्पर्धा गर्नसक्ने वातावरण बनाऔँः न्यायाधीश मल्ल


काठमाडौँ। सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले सरकारी विद्यालयलाई निजीसँग प्रतिष्पर्धा गर्नसक्ने वातावरण बनाउनुपर्नेमा जोड दिएकी छीन ।

शुक्रवार काठमाडौंमा नेपाल आदर्श माध्यमिक विद्यालयको ७५ औं वर्ष हिरक जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले सरकारी विद्यालयमा गुणात्मक शिक्षामा लगानी बढाउन आग्रह गरीन । उनले विद्यालय शिक्षाको ज्योती छर्ने थलो मात्रै नभइ चेतना जन्माउने र बुद्धिमता सिर्जना गर्ने थलो भएको बताईन ।

न्यायाधीश मल्लले भनीन, ‘विद्यालय शिक्षाको ज्योती छर्ने थलो मात्रै होइन । यो चेतना जन्माउने थलो हो । बुद्धिमता सिर्जना गर्ने थलो पनि हो । सरकारी स्कुलमा गुणात्मक शिक्षा लगानी गर्ने र निजी स्कुलसँग प्रतिष्पर्धा गर्नसक्ने वातावरण बनाइदिनु भयो भने तपाईंले भनेका सबै कुरा पूरा हुन्छन् ।’

न्यायाधीश मल्लले सबैकुरा पद, ओहोदा र आर्थिक शक्ति मात्रै नभएको उल्लेख गर्दै जिम्मेवारीको अनुभुतिले सफल बन्न मदद्त पुग्ने बताईन ।


प्रकाशित मिति: २३ जेष्ठ २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?