Trending
>>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

संयुक्त राष्ट्र संघद्वारा कर्तव्य पालना गर्दा मृत्यु भएका १ सय ६८ कर्मचारीको स्मरण


एजेन्सी। संयुक्त राष्ट्र संघले बिहीवार २०२४ मा कर्तव्य पालना गर्दा ज्यान गुमाउने १ सय ६८ कर्मचारीहरूलाई श्रद्धाञ्जली अर्पण गरेको छ ।

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघको मुख्यालयमा आयोजित वार्षिक स्मृति सभामा भाग लिनुभयो । शान्ति, न्याय र मानवीय मर्यादाको खोजीमा सबैथोक दिनेहरूलाई आफूहरु सम्मान गर्ने बताउनु भयो ।

मृत्यु हुनेहरूमा ३१ देशका सेना, प्रहरी र नागरिक कर्मचारीहरू समावेश थिए । तीमध्ये प्यालेस्टाइन शरणार्थीहरूको लागि संयुक्त राष्ट्र राहत तथा कार्य एजेन्सीका १२५ कर्मचारी सदस्यहरू थिए । जसमध्ये केही आफ्ना परिवारहरूसँगै मारिएका थिए ।

गुटेरेसले गाजामा प्रत्येक ५० युएनआरडब्ल्युए कर्मचारी सदस्यहरूमध्ये एक जनाभन्दा बढी द्वन्द्वमा मारिएको उल्लेख गर्नुभाये । जुन संयुक्त राष्ट्र संघको इतिहासमा सबैभन्दा उच्च कर्मचारी मृत्युदर हो ।


प्रकाशित मिति: २३ जेष्ठ २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?