Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

भारतमा भागदौड हुँदा ११ जनाको मृत्यु, ५० जना घाइते


एजेन्सी। दक्षिणी भारतीय शहर बेंगलुरुको क्रिकेट रंगशाला बाहिर बुधवार भागदौड हुँदा कम्तिमा ११ जनाको मृत्यु भएको छ । अन्य ५० जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) को पहिलो इण्डियन प्रिमियर लिग (आईपीएल) उपाधि जितेको खुशीयाली मनाउन हजारौं क्रिकेट प्रशंसकहरू शहरको एम चिन्नास्वामी रंगशाला बाहिर भागदौड मच्चिएको थियो । घाइतेहरूलाई बोरिङ र लेडी कर्जन अस्पताल र वैदेही अस्पतालमा भर्ना गरिएको छ ।

सात जनाको बोरिङ अस्पतालमा चोटका कारण मृत्यु भयो भने अन्य चार जनाले वैदेही अस्पतालमा मृत्यु भएको हो । आरसीबीले १८ वर्षपछि उपाधि जितेको हो । जसले गर्दा आफ्ना क्रिकेट स्टारहरू हेर्न रंगशाला र वरपर भीड जम्मा भएको थियो ।

कर्नाटक राज्य क्रिकेट संघले आरसीबी खेलाडीहरूलाई सम्मान गर्न कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा वैध टिकट र पास भएका व्यक्तिहरूको मात्र सहभागिता थियो । तर फ्यानहरू आफ्नो टोलीका क्रिकेटरहरु हेर्न कार्यक्रमस्थलमा भीड लागेका थिए ।

मंगलबार राति अहमदाबादमा भएको आईपीएल फाइनलमा आरसीबीले पञ्जाब किंग्सलाई ६ रनले पराजित गर्यो । रिपोर्टहरूले बताएअनुसार स्टेडियमको गेट नम्बर ३, १० र २१ मा भागदौड मच्चियो ।


प्रकाशित मिति: २२ जेष्ठ २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?