Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

भारतमा भागदौड हुँदा ११ जनाको मृत्यु, ५० जना घाइते


एजेन्सी। दक्षिणी भारतीय शहर बेंगलुरुको क्रिकेट रंगशाला बाहिर बुधवार भागदौड हुँदा कम्तिमा ११ जनाको मृत्यु भएको छ । अन्य ५० जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) को पहिलो इण्डियन प्रिमियर लिग (आईपीएल) उपाधि जितेको खुशीयाली मनाउन हजारौं क्रिकेट प्रशंसकहरू शहरको एम चिन्नास्वामी रंगशाला बाहिर भागदौड मच्चिएको थियो । घाइतेहरूलाई बोरिङ र लेडी कर्जन अस्पताल र वैदेही अस्पतालमा भर्ना गरिएको छ ।

सात जनाको बोरिङ अस्पतालमा चोटका कारण मृत्यु भयो भने अन्य चार जनाले वैदेही अस्पतालमा मृत्यु भएको हो । आरसीबीले १८ वर्षपछि उपाधि जितेको हो । जसले गर्दा आफ्ना क्रिकेट स्टारहरू हेर्न रंगशाला र वरपर भीड जम्मा भएको थियो ।

कर्नाटक राज्य क्रिकेट संघले आरसीबी खेलाडीहरूलाई सम्मान गर्न कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा वैध टिकट र पास भएका व्यक्तिहरूको मात्र सहभागिता थियो । तर फ्यानहरू आफ्नो टोलीका क्रिकेटरहरु हेर्न कार्यक्रमस्थलमा भीड लागेका थिए ।

मंगलबार राति अहमदाबादमा भएको आईपीएल फाइनलमा आरसीबीले पञ्जाब किंग्सलाई ६ रनले पराजित गर्यो । रिपोर्टहरूले बताएअनुसार स्टेडियमको गेट नम्बर ३, १० र २१ मा भागदौड मच्चियो ।


प्रकाशित मिति: २२ जेष्ठ २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?