Trending
>>   सरकारले जेन–जी आन्दोलनको लक्ष्य अनुसार काम गरिरहेको छः स्वास्थ्यमन्त्री गौतम >>   अदालतबाट न्याय पाएर फर्किएको छुः हितेन्द्रदेव शाक्य >>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की
Logo
२४ मंसिर २०८२, बुधबार
२४ मंसिर २०८२, बुधबार

मुस्ताङमा स्वास्थ्यकर्मी सम्मानित


२२ चैत ,मुस्ताङ । हिमाल पारिको जिल्ला मुस्ताङमा जिल्ला अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई आज एक कार्यक्रमबीच सम्मान गरिएको छ । घरपझोङ गाउँपालिका–२ स्थित मार्फा फलफूल तथा तरकारी प्रशोधन केन्द्रको पहलमा उनीहरुलाई सम्मान गरिएको हो ।

सो अवसरमा जिल्ला अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा विशाल तिवारीसहित नौजना स्वास्थ्यकर्मीलाई सम्मान गरिएको हो । सम्मानित हुनेमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा विशाल तिवारी, डा मुखिया घले, डा तेजेश कुमार, डा कृष्ण भरखेर, डा शिशिर पौडेल, डा कुन्दन कर्ण, स्टाफ नर्स कल्पना बस्याल, अहेव कौशिला चौरासिया र कार्यालय सहयोगी सनिलाल परियार छन्‌ ।

गत भदौ १ मा जिल्ला स्वास्थ्य कार्यालयमा पहिलोपटक शल्यक्रियाको शुभारम्भ भएपछि चिकित्सकहरुले एक गर्भवतीको सफल शल्यक्रिया गरेका थिए । मार्फा फलफूल तथा तरकारी प्रशोधन केन्द्रकी सञ्चालक सुकुनदेवी रसाईलीले उक्त शल्यक्रियापछि आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था राम्रो रहेको बताए । “यहाँका चिकित्सकले यहाँ पहिलो पटक सफल शल्यक्रिया गरेकोमा हामी निकै खुसी छौँ”, उनले भने, “चिकित्सकहरुले जिल्लाको इज्जत राख्नुभएकाले सम्मान गरिएको हो ।”

घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले अस्पतालमा शल्यक्रियाको काम सुरुआत भएको बताउँदै आगामी दिनमा व्यवस्थित अस्पताल भवन निर्माण सँगसँगै थप सेवा र सुविधायुक्त बनाइने प्रतिबद्धता व्यक्त गरे । मुस्ताङका पाँचवटै गाउँपालिकाको समन्वयमा जिल्ला अस्पतालको स्तरोन्नतीका लागि केही पहल गरेको उल्लेख गर्दै उहाँले बजेट अभावका कारण अपेक्षित काम गर्न नसकिएको बताए ।

कार्यक्रममा मुस्ताङ जिल्ला अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा विशाल तिवारीले यस सम्मानले आगामी दिनमा अझ राम्रो काम गर्ने हौसला प्राप्त भएको बताए । जनताको अवस्थालाई मध्यनजर गर्दै जटिलभन्दा जटिल समस्यासँग पनि जुध्न पनि आफूलाई उत्प्रेरण प्राप्त भएको उनको भनाइ छ ।

हाल दुर्गम क्षेत्रमा जटिल समस्या आइपरेमा हेलिकोप्टरमार्फत सेवा दिने व्यवस्था भए पनि ती सेवा जनतासम्म पुग्न नसकेको भन्दै उनले गुनासो गरे । जिल्ला समन्वय समितिका प्रमुख माया गुरुङले स्वास्थ्य क्षेत्र अत्यन्तै जटिल भएको बताए । उनले स्वास्थ्य क्षेत्र अझ व्यवस्थित बनाएर लैजान हरेक तह र तप्कासँग आफूहरुले सहकार्य गरिरहेको बताए ।


प्रकाशित मिति: २२ चैत्र २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?