Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

पूर्वाधार निर्माणमा बद्मासी भयो भने निर्मम तरिकाले सजाय दिनुपर्छः उपाध्यक्ष अधिकारी


काठमाडौँ। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारीले अनुगमन तथा मूल्यांकनमा आफूहरु निर्मम भएर लाग्ने बताएका छन्।

राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले बजेटमा तीन करोड मुनिका आयोजना नराख्न आयोगले धेरै मेहनत गरेर सफल भएको बताए । कानूनहरु सहजीकरण गर्नका लागि बनाइनुपर्ने भन्दै बद्मास भए निर्मम तरिकाले सजाय दिनुपर्ने माग गरे ।

उनले अब स्रोत सुनिश्चित भएका आयोजनाहरुको अनुगमन र मूल्यांकनमा आफू निर्मम हुने बताए ।

उपाध्यक्ष अधिकारीले भने ;तीन करोड मुनीका आयोजनालाई बजेटमा नराख्न धेरै मेहनत गर्नुपर्यो । यो सफल हुदैन भनेर धेरैले भन्थे पनि तर सफल भएरै छाड्यो र अब हामी योजना आयोग मोनिटरी सुपरिभिजन योजना आयोगको काम हो । अर्ब निर्मम तरिकाले गछौंँ हामी । स्रोत सुनिश्चित गरेपनि कुनकुन ठाउँमा कसरी आयोजना अघि बढेका छन । हामीले निर्मम रुपमा हेर्छौं ।’

उनका अनुसार निर्माण व्यवसायी पहिल्यै बद्मास हुन्छन् भनेर कानून बनाइँदा समस्या भएको समेत बताए ।


प्रकाशित मिति: २१ जेष्ठ २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?