Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

बजेट संघीयताको सबलिकरणमा केन्द्रित छः एमाले सांसद शेर्पा


काठमाडौँ। नेकपा (एमाले) का सांसद सोनाम गेल्जेन शेर्पाले आगामी आर्थिक वर्षको बजेट संघीयताको सवलिकरणमा केन्द्रित रहेको बताएका छन् ।

राष्ट्रिय सभाको बुधवारको बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै सांसद शेर्पाले अगामी आर्थिक वर्षको बजेटले संघीय, प्रदेश र स्थानीय सरकारबीचको कार्य विभाजन स्पष्ट पारेको उल्लेख गरे । उनले तीन करोडभन्दा माथिको योजना संघीय सरकारले, एक करोडसम्मको योजना प्रदेश सरकारले र बाँकी योजना स्थानीय तहले कार्यान्वयन गर्ने व्यवस्थाले सत्ताको केन्द्रिकरणको प्रवृत्तिलाई विस्थापित गरेको बताए । उनले बजेटमा प्रत्येक स्थानीय तहलाई समपूरक र विशेष अनुदान प्रदान गरिएको, दोहोरो कार्यक्रम नपरोस् भनेर समन्वय गर्ने व्यवस्था मिलाइएको, र प्रदेश तथा स्थानीय सरकारको क्षमता र आयलाई ध्यानमा राखी ८० प्रतिशतसम्म अनुदान दिने प्रावधान राखिनु स्वागयोग्य रहेको बताए । विद्युत प्रशारण लाइनमा निजी क्षेत्रलाई सहभागी गराउने बजेटको प्रश्तावले विद्युत चुहावट कम गर्न र विद्युतीकरणलाई सहज बनाउन सहयोग पुग्ने बताएका हुन् ।

उनले भने, ‘संघीयताको सबलीकरणकोपक्षमा यो बजेटले बोलेको छ । संघीय सरकारले गर्ने योजनाहरुको एउटा सिलिङ तोकेकोछ । प्रदेश सरकार र स्थानीय सरकारहरुले गर्ने सिलिङ तोकेको छ । यसले संघीयतासवलीकरणमा यसले राहत पुराएको महशुस गरेको छ । तीन करोडभन्दा माथि संघले, एककरोडसम्म प्रदेशले गर्ने र अन्य स्थानीय तहले गर्ने भनिएको छ । यो अलिकति समन्यायिकविकासमा आधारित भएको छ । मोटामोटी बजेटलाई हेर्ने हो भने स्थानीय तहमा एकसमपुरक अनुदान र एक विशेष अनुदान प्रत्येक स्थानीय सरकारमा परेको छ । विगतमा आफ्नैक्षेत्रमा लाने, जहाँ पावर छ त्यहाँ लाने परम्परालाई विस्थापित गरेको छ । यो न्याय संगतखालकोविकासको अवधारणासमेत अघि बढेको छ । स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारबीचकोदोहोरो कार्यक्रम नपरोस् भनेर समन्वय गर्ने काम पनि यो बजेटले गरेको छ । र,स्थानीय तह र प्रदेश सरकारको क्षमता र आयलाई दृष्टिगत गरि ८० प्रतिशतसम्म अनुदान दिनेव्यवस्था गरिएको छ । यसले पिछडिएको क्षेत्रलाई विशेष महत्व दिएको छ । यसले न्यायिकविकासलाई जोड दिएको छ । अब विकास बैंकमा परेका आयोजनाहरुलाई प्राथमिकताकोआधारमा अगाडि बढाउने काम गरेको छ । यसले गर्दा विकास निर्माणका मोडलह? सिष्टममाजाने देखिएको छ । अब जलविद्युत क्षेत्रमा जलासय युक्त आयोजनाह?लाई जोड दिइएको छ । जसबाटविद्युतमा निजी क्षेत्रलाई उत्पादनमा नदिईकन प्रशारण लाइन पनि निजी क्षेत्रलाई दिनेभनिएको छ । जसका कारण विद्युतीकरणमा सहज हुने र विद्युत चुहावट कम हुन जानेछ ।’

बजेट कार्यान्वयनयोग्य रहेको उनको भनाइ छ ।


प्रकाशित मिति: २१ जेष्ठ २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?