Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
११ माघ २०८२, आईतवार
११ माघ २०८२, आईतवार

बजेट संघीयताको सबलिकरणमा केन्द्रित छः एमाले सांसद शेर्पा


काठमाडौँ। नेकपा (एमाले) का सांसद सोनाम गेल्जेन शेर्पाले आगामी आर्थिक वर्षको बजेट संघीयताको सवलिकरणमा केन्द्रित रहेको बताएका छन् ।

राष्ट्रिय सभाको बुधवारको बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै सांसद शेर्पाले अगामी आर्थिक वर्षको बजेटले संघीय, प्रदेश र स्थानीय सरकारबीचको कार्य विभाजन स्पष्ट पारेको उल्लेख गरे । उनले तीन करोडभन्दा माथिको योजना संघीय सरकारले, एक करोडसम्मको योजना प्रदेश सरकारले र बाँकी योजना स्थानीय तहले कार्यान्वयन गर्ने व्यवस्थाले सत्ताको केन्द्रिकरणको प्रवृत्तिलाई विस्थापित गरेको बताए । उनले बजेटमा प्रत्येक स्थानीय तहलाई समपूरक र विशेष अनुदान प्रदान गरिएको, दोहोरो कार्यक्रम नपरोस् भनेर समन्वय गर्ने व्यवस्था मिलाइएको, र प्रदेश तथा स्थानीय सरकारको क्षमता र आयलाई ध्यानमा राखी ८० प्रतिशतसम्म अनुदान दिने प्रावधान राखिनु स्वागयोग्य रहेको बताए । विद्युत प्रशारण लाइनमा निजी क्षेत्रलाई सहभागी गराउने बजेटको प्रश्तावले विद्युत चुहावट कम गर्न र विद्युतीकरणलाई सहज बनाउन सहयोग पुग्ने बताएका हुन् ।

उनले भने, ‘संघीयताको सबलीकरणकोपक्षमा यो बजेटले बोलेको छ । संघीय सरकारले गर्ने योजनाहरुको एउटा सिलिङ तोकेकोछ । प्रदेश सरकार र स्थानीय सरकारहरुले गर्ने सिलिङ तोकेको छ । यसले संघीयतासवलीकरणमा यसले राहत पुराएको महशुस गरेको छ । तीन करोडभन्दा माथि संघले, एककरोडसम्म प्रदेशले गर्ने र अन्य स्थानीय तहले गर्ने भनिएको छ । यो अलिकति समन्यायिकविकासमा आधारित भएको छ । मोटामोटी बजेटलाई हेर्ने हो भने स्थानीय तहमा एकसमपुरक अनुदान र एक विशेष अनुदान प्रत्येक स्थानीय सरकारमा परेको छ । विगतमा आफ्नैक्षेत्रमा लाने, जहाँ पावर छ त्यहाँ लाने परम्परालाई विस्थापित गरेको छ । यो न्याय संगतखालकोविकासको अवधारणासमेत अघि बढेको छ । स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारबीचकोदोहोरो कार्यक्रम नपरोस् भनेर समन्वय गर्ने काम पनि यो बजेटले गरेको छ । र,स्थानीय तह र प्रदेश सरकारको क्षमता र आयलाई दृष्टिगत गरि ८० प्रतिशतसम्म अनुदान दिनेव्यवस्था गरिएको छ । यसले पिछडिएको क्षेत्रलाई विशेष महत्व दिएको छ । यसले न्यायिकविकासलाई जोड दिएको छ । अब विकास बैंकमा परेका आयोजनाहरुलाई प्राथमिकताकोआधारमा अगाडि बढाउने काम गरेको छ । यसले गर्दा विकास निर्माणका मोडलह? सिष्टममाजाने देखिएको छ । अब जलविद्युत क्षेत्रमा जलासय युक्त आयोजनाह?लाई जोड दिइएको छ । जसबाटविद्युतमा निजी क्षेत्रलाई उत्पादनमा नदिईकन प्रशारण लाइन पनि निजी क्षेत्रलाई दिनेभनिएको छ । जसका कारण विद्युतीकरणमा सहज हुने र विद्युत चुहावट कम हुन जानेछ ।’

बजेट कार्यान्वयनयोग्य रहेको उनको भनाइ छ ।


प्रकाशित मिति: २१ जेष्ठ २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?