Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

सरकार पाँचै वर्ष चल्छ : माधव नेपाल


२२ चैत्र, काठमाडाैँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले लोकतान्त्रिक–वाम गठबन्धनको विद्यमान सरकार पाँच वर्षसम्म कायम रहने बताएका छन् ।

पार्टी केन्द्रीय प्रचार विभागद्वारा आज यहाँ आयोजित सम्पादकसँगको नियमित भेटघाट तथा अन्तक्र्रिया कार्यक्रममा अध्यक्ष नेपालले विद्यमान सरकारले पाँच वर्ष निरन्तरता पाई मुलुकमा राजनीतिक स्थायित्व कायम हुने धारणा व्यक्त गरे ।

राष्ट्र, राष्ट्रियता, संविधान र शासन प्रणालीको रक्षाका लागि अहिले लोकतान्त्रिक–वाम शक्तिबीच सहकार्य भएको स्पष्ट गर्दै उनले केन्द्रमा जस्तै क्रमशः सबै प्रदेशमा लोकतान्त्रिक–वाम गठबन्धन सरकार गठन हुने बताएयो ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, विकास, समृद्धि र सुशासनका पक्षमा मुलुकका वामपन्थी शक्तिबीच सहकार्य, मोर्चा र एकतासम्म हुनसक्ने तर आफूले नेतृत्व गरेको एकीकृत समाजवादी अन्य पार्टी विशेषसँग विलय नहुने अध्यक्ष नेपालले स्पष्ट गरे ।

पार्टी महासचिव घनश्याम भुसालले देशव्यापीरूपमा पार्टी सङ्गठन सुदृढीकरण अभियान सञ्चालन भइरहेको जानकारी दिँदै स्पष्ट नीति तथा कार्यक्रमका साथ आमजनताको मन जितेर एक सशक्त एवं सुदृढ वामपन्थी पार्टीका रूपमा एकीकृत समाजवादी पार्टी स्थापित हुने धारणा व्यक्त गरे ।

पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको रक्षा र भ्रष्टाचारको अन्त्यसहित देश विकास र सुशासनका पक्षमा पार्टी सदैव उभिने प्रतिबद्धता व्यक्त गरे ।


प्रकाशित मिति: २२ चैत्र २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?