Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

२ महिनामा ५ लाख अफगानी शरणार्थी पाकिस्तान र इरानबाट घर फर्किए


एजेन्सी। संयुक्त राष्ट्र संघको शरणार्थी उच्चायुक्तका अनुसार अप्रिल र मे महिनामा छिमेकी पाकिस्तान र इरानबाट कुल ५ लाख अफगानी शरणार्थी आफ्नो मातृभूमि अफगानिस्तान फर्किएका छन् ।

फर्कनेहरूले अनिश्चित भविष्यको सामना गर्दै आफ्नो जीवन पुनर्निर्माण गर्न संघर्ष गरिरहेका छन् । त्यसैले सहयोग पहिलेभन्दा बढी आवश्यक रहेको बताइएको छ । गत वर्ष छिमेकी पाकिस्तान र इरानबाट २० लाखभन्दा बढी अफगानीहरू घर फर्किएको रिपोर्ट गरिएको छ ।

पाकिस्तानी सरकारले २०२५ मा ३० लाख अफगानीहरूलाई आफ्नो देश निष्कासन गर्ने तयारी गरेको छ । जबकि इरानी अधिकारीहरूले कागजात नभएका विदेशी नागरिकहरूलाई आफ्नो अवैध बसाइ अन्त्य गरेर आफ्नो घर फर्कन आग्रह गरेका छन् । अफगानिस्तानको अन्तरिम सरकारले अफगान शरणार्थीहरूलाई शरणार्थीको रूपमा विदेशमा बस्न छोडेर आफ्नो युद्धग्रस्त मातृभूमिको पुनर्निर्माणमा योगदान पुर्याउन घर फर्कन बारम्बार आह्वान गर्दै आएको छ ।


प्रकाशित मिति: २० जेष्ठ २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?