Trending
>>   मौसम : यी ३ प्रदेशका केहि स्थानमा मेघगर्जन/चट्याङ सहित भारी वर्षाको सम्भावना >>   सरकारले अनुशासनको सीमाभित्र रहेर बजेट ल्यायोः सांसद गिरी >>   काँग्रेसको वातावरण तथा जलवायु परिवर्तन सरोकारसम्बन्धी ३० दिने प्रशिक्षण कार्यक्रम शुरु >>   बजेटले दीर्घकालिन सुधारलाई सम्बोधन गर्ने स्पष्ट संकेत गरेको छः सांसद कार्की >>   गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन समिति चाहिन्छः सन्तोष परियार >>   बजेटमा प्रदेश सरकारहरुको मनपरीः सांसददेखि संग्रहालयसम्मलाई बजेट, स्रोतमा सङ्घकै भर >>   राप्रपाद्वारा प्रतिनिधि सभाको बैठक बहिष्कार, बैठक भत्ता पनि नलिने >>   संसदमा रास्वपा र राप्रपाको अवरोध कायमै >>   ३० वर्षमाथिका विवाहित जोडी मध्ये ७३ प्रतिशत नेपालीमा यौन दुर्बलता >>   इजिप्टका राष्ट्रपतिद्वारा इजरायली आक्रमण अन्त्य गर्न आग्रह
Logo
२ असार २०८२, सोमबार
२ असार २०८२, सोमबार

पार्टीहरुको पञ्चायतीकरण र नेताहरुको राजतन्त्र कायम छः महासचिव भुसाल


काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले पार्टीहरुको पञ्चायतीकरण र नेताहरुको राजतन्त्र कायम रहेको बताएका छन् ।

शनिवार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताए । उनले गणतन्त्रको स्टिकर टाँसेर मात्रै गणतन्त्र रहन नसक्ने बताएका छन् । उनले देश र जनता बनाउनुको ठाउँमा नेताहरु धन कमाउने कुरामा ध्यान केन्द्रित गरिरहेको बताए । लोकतन्त्रमा दल नसुध्रिकन नहुने उनको भनाइ छ । महाससचिव भुसालले भारदारहरु र अहिलेका नेताहरुमा कुनै फरक नरहेको बताए । लोकतन्त्रका नेताहरुको विलासी जीवनशैली, व्यवहार नसुधारेसम्म दूरदिन अझै लम्बिने जिकिर गरे ।

महासचिव भुसालले भने , ‘भारदारहरु र हाम्रा नेताहरु फरक छन् साँच्चै ? भन्नसक्छौँ । म गणतन्त्रवादी, मेरा नेता र राजाका भारदारको जीवनमा फरक छैन । तिनले बस्ने कुर्सी, तिनले हिँडने तरिका, तिनका भेटघाट, रातिको भेटघाट, सम्पती । साँच्चै कति कति फरक छ । गणतन्त्रवादीले यो नैतिकताका साथ किन भन्न सकिरहेका छैनन् । दोषी को हो ? यो नखोज्ने हो भने बिरालाको घाँटीमा कसैले घण्टी बाँध्दैनन् । दूरदिन अझै लम्बिएर जान्छ । यो त्यही विचारमा हामीले गरेको कम्परमाइजका लागि विपीले र पुष्पलालले लिएको बदला हो भन्ने लाग्छ । पार्टीहरु पञ्चायत जस्ता भए । अलिअलि छलफल त पञ्चायत, राष्ट्रिय पञ्चायतमा पनि हुन्थे । पार्टीहरुको पञ्चायतीकरण, नेताहरुको राजातन्त्र । गणतन्त्रको एउटा स्टिकर टाँसेर हुने हो की ? हामी धन कमाउनु,धमाउनु आदि इत्यादि काममा हामी गयौँ । लोकतन्त्रमा दल नसुध्रिकन हुँदैन ।’

महासचिव भुसालले भारदारहरु र गणतन्त्रवादीहरु फरक छौँ भनेर नैतिकताका साथ गणतन्त्रवादीहरुले भन्न नसक्ने बताए।


प्रकाशित मिति: १७ जेष्ठ २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?