Trending
>>   आम जनताको नभई ‘थैली शाह’ वर्गको बजेट आयोः अध्यक्ष केसी >>   सुनचाँदी, हिरा तथा बहुमूल्य पत्थरको कारोबारसम्बन्धी स्पष्ट नीति, निर्देशिका अविलम्व जारी गर्न माग >>   जनसरोकारका विषयमा छलफलको वातावरण बनाउन सांसद बस्नेतको आग्रह >>   बजेटलाई सरकारका मन्त्रीहरूले एकलौटी कब्जा गरेः सांसद ज्वाला >>   मौसम : यी ३ प्रदेशका केहि स्थानमा मेघगर्जन/चट्याङ सहित भारी वर्षाको सम्भावना >>   सरकारले अनुशासनको सीमाभित्र रहेर बजेट ल्यायोः सांसद गिरी >>   काँग्रेसको वातावरण तथा जलवायु परिवर्तन सरोकारसम्बन्धी ३० दिने प्रशिक्षण कार्यक्रम शुरु >>   बजेटले दीर्घकालिन सुधारलाई सम्बोधन गर्ने स्पष्ट संकेत गरेको छः सांसद कार्की >>   गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन समिति चाहिन्छः सन्तोष परियार >>   बजेटमा प्रदेश सरकारहरुको मनपरीः सांसददेखि संग्रहालयसम्मलाई बजेट, स्रोतमा सङ्घकै भर
Logo
२ असार २०८२, सोमबार
२ असार २०८२, सोमबार

२३ महिनादेखि रोकिएका आइपिओ समयमै नआए सरकारले लिएको विद्युत उत्पादनको लक्ष्य पूरा हुन सक्दैनः अध्यक्ष कार्की


काठमाडौँ। स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले पुँजीको अभावका कारण आइपिओको पर्खाइमा रहेका ५६ वटा आइपिओहरु आएन भने सरकारले लिएको लक्ष्य पूरा हुन नसक्ने बताएका छन् ।

शनिवार काठमाडौंमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको पोस्ट बजेट छलफलमा बोल्दै उनले बताएका छन् । उनले अहिले पुँजीको अभावले २३ महिनदेखि झन्डै ५६ वटा आयोजनाहरु आइपिओको पखाइमा रहेको बताए । उनले समयमै आइपिओ नआए सरकारले लिइको विद्युत उत्पादनको लक्ष्य (२८ हजार ५ सय मेगावाट) पूरा हुन नसक्ने जिकिर गरे । बजेटमा धेरै राम्रा कुराहरु आएपनि उर्जा क्षेत्र अघि बढ्न नसक्ने हो धी भन्ने शंका रहेको बताए ।

उनले भने, ‘पुँजीको अभावले अहिले झन्डै ५६ वटा आयोजनाहरु आइपिओको पर्खाइमा छन् । २३ महिना भन्दा लामो समयदेखि पखाईमा छन् । साँच्चै नै त्यो समयमा आइदिएन भने यो लक्ष्य पूरा हुन सक्नेछैन । जतिसुकै राम्रो कुरा आएपनि उर्जा क्षेत्र अघि नबढ्ने हो की भन्नेकुरा छ । खपतको आधारमा पिपिए गर्दै जाने भनिसकेपछि नेपालमा कति खपत हो । हामी त १५ सय मेगावाट उत्पादन गरेर लोड सेडिङ मुक्त देश हो की भन्ने लागिरहेका छौँ । थुप्रै इण्डस्ट्रीले बिजुली पाएन भनिरहेका छन् । हामी बिजुली धेरै भयो भनिरहेका छौँ । रन अफ द रिभर (आरओआर) प्रोजेक्टहरुलाई टेक एण्ड पेमा पिपिए गर्ने भनिसकेपछि आजको डेटा हेर्दा र नेपाल सरकारको उद्देश्य हेर्दा फरक खालको हो की भन्ने लाग्छ ।’

अध्यक्ष कार्कीले झन्डै १७ हजार मेगावाट भन्दा बढीका आयोजनाहरु रन अफ द रिभरका रहेको जिकिर गरे । यसमा उनले करिव ६६ खर्ब लगानी भइसकेको बताए । चाहेको बेलामा मात्रै बिजुली किनिदिने हो भने बैंकले लगानी नगर्ने जस्तो अवस्था देखिएको बताए।


प्रकाशित मिति: १७ जेष्ठ २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?