Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
११ माघ २०८२, आईतवार
११ माघ २०८२, आईतवार

बजेट कार्यान्वयनका लागि मन्त्रालयहरुसँग तत्काल छलफल थाल्छौंः उपाध्यक्ष अधिकारी


काठमाडौँ। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले आगामी बजेट कार्यान्वयनमा शंका नगर्न आग्रह गरेका छन् ।

अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले बजेटपछि कार्यान्वयमा के हुन्छ भन्नेमा सबैमा चासो देखिएको बताउँदै अहिलेको बजेट कार्यान्वयन रहेको बताएक हुन् । उनका अनुसार १६ औं योजनापत्रसँग जोडिर बजेट ल्याइएको छ । अब बजेट र्काान्वयनका लागि योजना आयोगको आफ्नै भुमिका रहने भएकाले त्यो भुमिका निर्वाह गर्ने उनले बताए।

उपाध्यक्ष अधिकारीले भने ‘बजेट आएको छ, अब कार्यान्वयमा के हुन्छ भन्नेमा सबैमा चासो छ । बजेटले रिफर्मको काम शुरु गरेको छ । निजी क्षेत्रलाई प्रोत्साहन र प्ररित गरेको छ । करदेखि विभिन्न तरिकाले उनीहरुलाई प्रोत्साहन गरेको छ । अब यो बजेट कार्यान्वयनका लागि अन्तर निकायबीच समन्वय गरिनेछ । मन्त्रालयहरुसँग तत्कालै छलफल गरिनेछ ।’

उनका आन्तरिक लगानी प्रवद्र्धन गर्ने हिसावले बजेट आएको भन्दै बजेट कार्यान्वयनका लागि दृढ भएर सबै निकाय लाग्न जरुरी रहेको समेत बताए । उपाध्यक्ष अधिकारीकाअनुसार बजेटमा एलएमबीआईएसदेखि प्रोजेक्ट बैंकलाई समेत बलियो बनाउने कोशिस गरिएको छ ।


प्रकाशित मिति: १६ जेष्ठ २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?