Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
१ कार्तिक २०८३, शनिबार
१ कार्तिक २०८३, शनिबार

बजेट कार्यान्वयनका लागि मन्त्रालयहरुसँग तत्काल छलफल थाल्छौंः उपाध्यक्ष अधिकारी


काठमाडौँ। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले आगामी बजेट कार्यान्वयनमा शंका नगर्न आग्रह गरेका छन् ।

अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले बजेटपछि कार्यान्वयमा के हुन्छ भन्नेमा सबैमा चासो देखिएको बताउँदै अहिलेको बजेट कार्यान्वयन रहेको बताएक हुन् । उनका अनुसार १६ औं योजनापत्रसँग जोडिर बजेट ल्याइएको छ । अब बजेट र्काान्वयनका लागि योजना आयोगको आफ्नै भुमिका रहने भएकाले त्यो भुमिका निर्वाह गर्ने उनले बताए।

उपाध्यक्ष अधिकारीले भने ‘बजेट आएको छ, अब कार्यान्वयमा के हुन्छ भन्नेमा सबैमा चासो छ । बजेटले रिफर्मको काम शुरु गरेको छ । निजी क्षेत्रलाई प्रोत्साहन र प्ररित गरेको छ । करदेखि विभिन्न तरिकाले उनीहरुलाई प्रोत्साहन गरेको छ । अब यो बजेट कार्यान्वयनका लागि अन्तर निकायबीच समन्वय गरिनेछ । मन्त्रालयहरुसँग तत्कालै छलफल गरिनेछ ।’

उनका आन्तरिक लगानी प्रवद्र्धन गर्ने हिसावले बजेट आएको भन्दै बजेट कार्यान्वयनका लागि दृढ भएर सबै निकाय लाग्न जरुरी रहेको समेत बताए । उपाध्यक्ष अधिकारीकाअनुसार बजेटमा एलएमबीआईएसदेखि प्रोजेक्ट बैंकलाई समेत बलियो बनाउने कोशिस गरिएको छ ।


प्रकाशित मिति: १६ जेष्ठ २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?