Trending
>>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी >>   ‘शिक्षाभन्दा खेलकुद पहिलो’: खेलकुद मन्त्रालय अलग बनाउन सांसद लामिछानेको प्रश्ताव >>   ‘काँग्रेसमा ए टु जेड सबै खुइलिएका छन्, दम्भ त्यागेर एकताको बाटो रोजौँ’: वीरबहादुर बलायर >>   भृकुटीमण्डपमा तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो हुँदै >>   पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीको गिरफ्तारीमा राज्यले विधि र प्रक्रिया मिच्योः नेता पाण्डे >>   सर्वोच्चको फैसला नआउन्जेलसम्म खड्का–कोईराला पक्षले गगनलाई सभापति नमान्ने >>   खेलकुदलाई विद्यालयको पाठ्यक्रममै जोड्ने शिक्षामन्त्री पोखरेलको घोषणा >>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’
Logo
१८ चैत्र २०८२, बुधबार
१८ चैत्र २०८२, बुधबार

हाम्रो आन्दोलन यथावत छ, समाधान नभइ अगाडी जान सकिँदैनः माओवादी केन्द्र


काठमाडौ। नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा नआएसम्म आफूहरूको आन्दोलन जारी रहने बताएको छ।

शुक्रवार सभामुख देवराज घिमिरेको नेतृत्वमा सिंहदरबारका बसेको मुख्य सचेतक र प्रमुख सचेतकहरूसँग छलफलपछि पत्रकारहरूसँग कुराकानी गर्दै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले यस्तो बताएक छन् । उनले देश, जनता, जिम्मेवारीवोध, संविधान र व्यवस्थाविरुद्धका क्रियाकलापलाई सम्झिएर बिहीवार संसद्मा बजेट प्रश्तुत गर्न दिएको बताए । उनले भिजिट भिसा प्रकरण बद्मासी, राजनीतिक रूपमा मानव तस्करीसँग जोडिएको विषयवस्तु रहेको बताए । उनले उक्त भ्रष्टाचारसँग सम्बन्धित प्रकरणलाई करेक्सन नगरेसम्म आफूहरूको आन्दोलन जारी रहने जिकिर गरे । उनले आफूहरूका मागलाई हल गर्ने कुरा सरकारको रहेको उल्लेख गरे।

उनले भने, “हाम्रो आन्दोलनको हिजो लागि मात्रै देश, जनता, जिम्मेवारी बोध, हाम्रो संविधान, अहिलेको हाम्रो अवस्था, बाहिर भइरहेका व्यवस्थाविरुद्धका बारेका विभिन्न क्रियाकलापलाई सम्झिएर संविधानको कार्यान्वयन र बजेटलाई लैजानको लागि दिएका हौँ । हामीले १५ गतेका तीन वटा कार्यक्रमका लागि मात्रै संसद्लाई अगाडी बढाउन दिएका हौँ । त्यसपछि हाम्रो आन्दोलन यथावत् छ । त्यो विषयवस्तु बदमासी, राजनीतिक रूपमा मानव तस्करीसँग जोडिएको विषयवस्तुसँग छ । त्यस कारण यो भ्रष्टाचारसँग सम्बन्धित छ । यसलाई करेक्सन नगरी हामी आफ्नो ठाउँमा जान सक्दैनौँ । हाम्रो आन्दोलन जारी छ, हामी त्यो विषयवस्तु संसद्मा उठाउँछौँ । त्यसको हल गर्ने कुरा सरकारको हो ।”

भिजिट भिसामा विदेश जानेहरूसँग लाखौँ असुली गरेको प्रकरण गृहमन्त्री रमेश लेखक पनि संलग्न रहेको आरोप लगाउँदै उहाँको राजीनामाको माग गर्दै आएका छन् ।


प्रकाशित मिति: १६ जेष्ठ २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?