Trending
>>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल >>   ‘घर जलिरहेको बेला मानिसलाई फारम भर्न लगाइँदैन, तत्काल उद्धार गरिन्छ, जलवायु न्यायको अर्थ यही हुनुपर्छ’:प्रधानमन्त्री…
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

गाजामा इजरायली हवाई आक्रमणमा ३३ जनाको मृत्यु


काठमाडौँ। प्यालेस्टिनी स्रोतहरूकाअनुसार गाजा शहर र मध्य गाजामा इजरायली हवाई आक्रमणमा बिहीवार ३३ जना प्यालेस्टिनीको मृत्यु भएको छ।

स्थानीय चिकित्सा स्रोत र प्रत्यक्षदर्शीहरूले बताएअनुसार बिहीवार दिउँसो इजरायली ड्रोन आक्रमणमा मध्य गाजा शहरको सबैभन्दा व्यस्त चौबाटोहरू मध्ये एक अल–सराय जंक्शनमा भेलालाई लक्षित गरिएको छ । जसमा कम्तिमा १० प्यालेस्टिनीको मृत्यु भएको थियो र दर्जनौं घाइते भएका छ। हमासले एक प्रेस विज्ञप्तिमा भनेको छ कि इजरायली हवाई आक्रमणले चोरहरूको समूहको सामना गरिरहेका आफ्ना धेरै सदस्यहरूलाई लक्षित गरेको छ । जसको परिणामस्वरूप धेरै प्रहरी अधिकारीहरू र यात्रुहरूको मृत्यु भएको छ । साथै बिहीबार प्रत्यक्षदर्शीहरूले सिन्ह्वालाई बताए कि इजरायली युद्धक विमानहरूले मध्य गाजामा रहेको अल–बुरेज शरणार्थी शिविरको पूर्वमा अलकर्नावी परिवारको आवासीय घरमा कम्तिमा दुईवटा मिसाइल प्रहार गरे । जसबाट त्यहाँका बासिन्दाहरू सहितको घर ध्वस्त भयो र छिमेकी घरहरूमा उल्लेखनीय क्षति पुगेको छ ।

मार्च १८ मा शुरु भएको गाजामा इजरायलको दोस्रो चरणको आक्रमणमा हालसम्म ३ हजार ९ सय ८६ प्यालेस्टिनीको मृत्यु भएको छ भने ११ हजार ४ सय ५१ जना घाइते भएका छन् ।


प्रकाशित मिति: १६ जेष्ठ २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?