Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

गाजामा इजरायली हवाई आक्रमणमा ३३ जनाको मृत्यु


काठमाडौँ। प्यालेस्टिनी स्रोतहरूकाअनुसार गाजा शहर र मध्य गाजामा इजरायली हवाई आक्रमणमा बिहीवार ३३ जना प्यालेस्टिनीको मृत्यु भएको छ।

स्थानीय चिकित्सा स्रोत र प्रत्यक्षदर्शीहरूले बताएअनुसार बिहीवार दिउँसो इजरायली ड्रोन आक्रमणमा मध्य गाजा शहरको सबैभन्दा व्यस्त चौबाटोहरू मध्ये एक अल–सराय जंक्शनमा भेलालाई लक्षित गरिएको छ । जसमा कम्तिमा १० प्यालेस्टिनीको मृत्यु भएको थियो र दर्जनौं घाइते भएका छ। हमासले एक प्रेस विज्ञप्तिमा भनेको छ कि इजरायली हवाई आक्रमणले चोरहरूको समूहको सामना गरिरहेका आफ्ना धेरै सदस्यहरूलाई लक्षित गरेको छ । जसको परिणामस्वरूप धेरै प्रहरी अधिकारीहरू र यात्रुहरूको मृत्यु भएको छ । साथै बिहीबार प्रत्यक्षदर्शीहरूले सिन्ह्वालाई बताए कि इजरायली युद्धक विमानहरूले मध्य गाजामा रहेको अल–बुरेज शरणार्थी शिविरको पूर्वमा अलकर्नावी परिवारको आवासीय घरमा कम्तिमा दुईवटा मिसाइल प्रहार गरे । जसबाट त्यहाँका बासिन्दाहरू सहितको घर ध्वस्त भयो र छिमेकी घरहरूमा उल्लेखनीय क्षति पुगेको छ ।

मार्च १८ मा शुरु भएको गाजामा इजरायलको दोस्रो चरणको आक्रमणमा हालसम्म ३ हजार ९ सय ८६ प्यालेस्टिनीको मृत्यु भएको छ भने ११ हजार ४ सय ५१ जना घाइते भएका छन् ।


प्रकाशित मिति: १६ जेष्ठ २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?