Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
३ पुष २०८२, बिहीबार
३ पुष २०८२, बिहीबार

इस्तानबुलमा बाल्कन देशका रक्षा प्रमुखहरूको क्षेत्रीय सहयोगबारे छलफल


काठमाडौँ। सदस्य राष्ट्रहरू बीच क्षेत्रीय सहयोग र ऐक्यबद्धता बढाउने कुरामा केन्द्रित १८ औं बाल्कन देशका प्रमुख जनरल स्टाफ सम्मेलन इस्तानबुलमा शुरु भएको छ । टर्की रक्षा मन्त्रालयका अनुसार टर्की, अल्बानिया, बोस्निया र हर्जगोभिना, बुल्गेरिया, उत्तरी म्यासेडोनिया, रोमानिया, सर्बिया, मोन्टेनेग्रो र ग्रीसका शीर्ष सैन्य अधिकारीहरूले सम्मेलनमा भाग लिएका थिए ।

स्लोभेनिया र क्रोएसिया पर्यवेक्षकको हैसियतमा उपस्थित थिए भने नाटोका अधिकारीहरूले अतिथिको रूपमा भाग लिएका थिए । सम्मेलनलाई सम्बोधन गर्दै टर्कीका उपराष्ट्रपति सेभ्देत यिल्माजले बाल्कन देशहरू बीच भविष्यको स्थिरताको लागि बढ्दो साझा दृष्टिकोणलाई प्रतिबिम्बित गर्ने बताए। सम्मेलनमा क्षेत्रमा सहयोग र ऐक्यवद्धता बढाउन संयुक्त घोषणापत्रमा हस्ताक्षर हुने अपेक्षा गरिएको छ ।

सम्मेलन २००७ मा स्थापित वार्षिक उच्च स्तरीय सैन्य मञ्च हो । जसले क्षेत्रीय सेना प्रमुखहरूलाई साझा सुरक्षा चुनौतीहरूलाई सम्बोधन गर्न, अन्तरसञ्चालनशीलता बढाउन र पारस्परिक विश्वासलाई बलियो बनाउन प्लेटफर्म प्रदान गर्दछ ।


प्रकाशित मिति: १६ जेष्ठ २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?