Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

इस्तानबुलमा बाल्कन देशका रक्षा प्रमुखहरूको क्षेत्रीय सहयोगबारे छलफल


काठमाडौँ। सदस्य राष्ट्रहरू बीच क्षेत्रीय सहयोग र ऐक्यबद्धता बढाउने कुरामा केन्द्रित १८ औं बाल्कन देशका प्रमुख जनरल स्टाफ सम्मेलन इस्तानबुलमा शुरु भएको छ । टर्की रक्षा मन्त्रालयका अनुसार टर्की, अल्बानिया, बोस्निया र हर्जगोभिना, बुल्गेरिया, उत्तरी म्यासेडोनिया, रोमानिया, सर्बिया, मोन्टेनेग्रो र ग्रीसका शीर्ष सैन्य अधिकारीहरूले सम्मेलनमा भाग लिएका थिए ।

स्लोभेनिया र क्रोएसिया पर्यवेक्षकको हैसियतमा उपस्थित थिए भने नाटोका अधिकारीहरूले अतिथिको रूपमा भाग लिएका थिए । सम्मेलनलाई सम्बोधन गर्दै टर्कीका उपराष्ट्रपति सेभ्देत यिल्माजले बाल्कन देशहरू बीच भविष्यको स्थिरताको लागि बढ्दो साझा दृष्टिकोणलाई प्रतिबिम्बित गर्ने बताए। सम्मेलनमा क्षेत्रमा सहयोग र ऐक्यवद्धता बढाउन संयुक्त घोषणापत्रमा हस्ताक्षर हुने अपेक्षा गरिएको छ ।

सम्मेलन २००७ मा स्थापित वार्षिक उच्च स्तरीय सैन्य मञ्च हो । जसले क्षेत्रीय सेना प्रमुखहरूलाई साझा सुरक्षा चुनौतीहरूलाई सम्बोधन गर्न, अन्तरसञ्चालनशीलता बढाउन र पारस्परिक विश्वासलाई बलियो बनाउन प्लेटफर्म प्रदान गर्दछ ।


प्रकाशित मिति: १६ जेष्ठ २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?