Trending
>>   भारत सरकारले बनाइदियो वैद्यनाथ देवनारायण जनता नमूना माध्यमिक विद्यालयको भवन >>   आठ खेलका १४ खेलाडीलाई छात्रवृत्ति >>   नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य >>   एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो >>   एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली >>   १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा >>   राज्यले निर्माण व्यवसायीमाथि आतंक बढायोः मुख्यमन्त्री बानियाँ >>   कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे : अध्यक्ष सिंह >>   जेन–जी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने >>   पार्टी नेता, कार्यकर्तालाई ओलीको निर्देशनः आर्मीले मार्च गरेजस्तो ताल मिलाएर हिँड्नू
Logo
५ पुष २०८२, शनिबार
५ पुष २०८२, शनिबार

दक्षिण कोरियामा सैन्य विमान दुर्घटनामा ४ जना चालक दलका सदस्यको मृत्यु


एजेन्सी। दक्षिण कोरियाको सैन्य विमान दुर्घटनामा सबै चार जना चालक दलका सदस्यको मृत्यु भएको स्थानीय पत्रिका चोसुन इल्बोले बिहीवार जनाएको छ ।

रक्षा मन्त्रालयकाअनुसार चार जना चालक दलका सदस्यसहितको पी–३ समुन्द्री गस्ती विमानले स्थानीय समय अनुसार दिउँसो १ः४३ बजे दक्षिणपूर्वी शहर पोहाङको एक सैन्य अड्डाबाट प्रशिक्षणका लागि उडान भरेको थियो स्थानीय समय अनुसार दिउँसो १ः४९ बजे गस्ती विमान बेस नजिकैको पहाडमा दुर्घटनाग्रस्त भएको थियो ।

चालक दलका सदस्य बाहेक अन्य नागरिकको हताहत नभएको मन्त्रालयले उल्लेख गरेको छ । चालक दलका सबै सदस्यहरू जलेको शवको रूपमा फेला परेको अखबारले जनाएको छ । योनहाप समाचार एजेन्सीका अनुसार दुर्घटनाग्रस्त विमानको भग्नावशेषबाट तीन जनाको शव निकालिएको छ ।

अग्नि नियन्त्रण अधिकारीहरूले विमानमा लागेको आगो निभाउन हेलिकप्टर, उपकरण र अग्नि नियन्त्रकहरूलाई परिचालन गरेका थिए ।


प्रकाशित मिति: १५ जेष्ठ २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?