Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

दक्षिण कोरियामा सैन्य विमान दुर्घटनामा ४ जना चालक दलका सदस्यको मृत्यु


एजेन्सी। दक्षिण कोरियाको सैन्य विमान दुर्घटनामा सबै चार जना चालक दलका सदस्यको मृत्यु भएको स्थानीय पत्रिका चोसुन इल्बोले बिहीवार जनाएको छ ।

रक्षा मन्त्रालयकाअनुसार चार जना चालक दलका सदस्यसहितको पी–३ समुन्द्री गस्ती विमानले स्थानीय समय अनुसार दिउँसो १ः४३ बजे दक्षिणपूर्वी शहर पोहाङको एक सैन्य अड्डाबाट प्रशिक्षणका लागि उडान भरेको थियो स्थानीय समय अनुसार दिउँसो १ः४९ बजे गस्ती विमान बेस नजिकैको पहाडमा दुर्घटनाग्रस्त भएको थियो ।

चालक दलका सदस्य बाहेक अन्य नागरिकको हताहत नभएको मन्त्रालयले उल्लेख गरेको छ । चालक दलका सबै सदस्यहरू जलेको शवको रूपमा फेला परेको अखबारले जनाएको छ । योनहाप समाचार एजेन्सीका अनुसार दुर्घटनाग्रस्त विमानको भग्नावशेषबाट तीन जनाको शव निकालिएको छ ।

अग्नि नियन्त्रण अधिकारीहरूले विमानमा लागेको आगो निभाउन हेलिकप्टर, उपकरण र अग्नि नियन्त्रकहरूलाई परिचालन गरेका थिए ।


प्रकाशित मिति: १५ जेष्ठ २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?