Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
९ माघ २०८२, शुक्रबार
९ माघ २०८२, शुक्रबार

नेपाली बजारमा अहिलेसम्म कै महंगो भयो सुन, कतिमा भइरहेको छ कारोबार ?


२२ चैत्र, काठमाडाैँ । नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । आज बुधबार एकै दिन तोलामा दुई हजार रुपैयाँले बढेर सुन तोलाको एक लाख ११ हजार रुपैयाँ पुगेको छ ।

यो भाउ अहिलेसम्मकै सबैभन्दा धेरै हो । यसअघि गएको ५ गते सुनको भाउ बढेर तोलामा एक लाख १० हजार रुपैयाँ पुगेको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेको र अमेरिकामा बेरोजगारीको सङ्ख्या बढिरहेकाले भाउ बढेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो मङ्गलवार पनि सुनको भाउ तोलामा एक हजार रुपैयाँले बढेको थियो । यस्तै आज चाँदीको भाउ पनि बढेको छ । तोलामा ४० रुपैयाँले बढेर चाँदी एक हजार चार सय ४० रुपैयाँमा पुगेको छ ।


प्रकाशित मिति: २२ चैत्र २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?