Trending
>>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

नेपाली बजारमा अहिलेसम्म कै महंगो भयो सुन, कतिमा भइरहेको छ कारोबार ?


२२ चैत्र, काठमाडाैँ । नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । आज बुधबार एकै दिन तोलामा दुई हजार रुपैयाँले बढेर सुन तोलाको एक लाख ११ हजार रुपैयाँ पुगेको छ ।

यो भाउ अहिलेसम्मकै सबैभन्दा धेरै हो । यसअघि गएको ५ गते सुनको भाउ बढेर तोलामा एक लाख १० हजार रुपैयाँ पुगेको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेको र अमेरिकामा बेरोजगारीको सङ्ख्या बढिरहेकाले भाउ बढेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो मङ्गलवार पनि सुनको भाउ तोलामा एक हजार रुपैयाँले बढेको थियो । यस्तै आज चाँदीको भाउ पनि बढेको छ । तोलामा ४० रुपैयाँले बढेर चाँदी एक हजार चार सय ४० रुपैयाँमा पुगेको छ ।


प्रकाशित मिति: २२ चैत्र २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?