Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
१ कार्तिक २०८३, शनिबार
१ कार्तिक २०८३, शनिबार

बैंक तथा वित्तीय संस्थाले दैनिक ९० प्रतिशत न्युनतम नगद मौज्दात राख्नुपर्ने


राष्ट्र बैंकले विदेशी भुक्तानीको सीमा बढायो, के–केमा भयो परिवर्तन ?

काठमाडौँ। बैंक तथा वित्तीय संस्थाले दैनिक ९० प्रतिशत न्युनतम नगद मौज्दात राख्नुपर्ने भएको छ ।

हालै नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशिका संशोधन गर्दै नगद मौज्दात अनुपात ७० प्रतिशत रकम दैनिक रुपमा राख्नुपर्ने व्यवस्थालाई परिवर्तन गरेको हो । केन्द्रिय बैंकले संशोधित निर्देशिकाअनुसार अब अनिवार्य नगद मौज्दातको न्युनतम ९० प्रतिशत रकम दैनिक रुपमा राख्नुपर्नेछ ।

कुल निक्षेपको कुल चार प्रतिशत राष्ट्र बैंकबाट इजाजतप्राप्त क, ख, ग वर्गका संस्थाहरुले अनिवार्य रुपमा राष्ट्र बैंकमा राख्नुपर्ने पहिलेकै व्यवस्थामा अहिले निर्देशिका संशोधन गरेर राष्ट्र बैंकले हिस्सा बढाएको हो । हाल बैंक, वित्तीय संस्थासँग ६९ खर्ब १२ अर्ब रुपैयाँ निक्षेप छ ।

त्यसको सीआरआर कायम गर्न २ खर्ब ७६ अर्ब रुपैयाँ हाराहारीमा छुट्टयाउँदै आएकोमा १ खर्ब ९३ अर्ब रुपैयाँ केन्द्रिय बैंकमा राख्दै आएका छन् । अब भने केन्द्रिय बैंकमा २ खर्ब ४८ अर्ब रुपैयाँ राख्नुपर्नेछ । यसले गर्दा बजारमा रहेको अधिक तरलतामा केही कम हुने राष्ट्र बैंकले अपेक्षा गरेको छ ।


प्रकाशित मिति: १५ जेष्ठ २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?