Trending
>>   रुसी र इरानी राष्ट्रपतिसँग एर्दोगानको कुराकानी >>   जलवायु अनुकुलन कार्यक्रमहरु लागू गर्दै अघि बढ्नुको विकल्प छैनः वनमन्त्री ठकुरी >>   मोरक्को र पानामा द्विपक्षीय सहयोग बढाउन सहमत >>   अन्योलमा धुलिखेल खावा सडकः ठेक्का रद्धपछि पनि पुनर्निर्माण प्रक्रिया अघि बढ्न सकेन >>   इजरायलले सीमा बन्द गरेसँगै पश्चिम क्षेत्रका प्यालेस्टिनीको जनजीवन ठप्प >>   टर्किएद्वारा ३९ जना शंकास्पद आईएस सदस्य पक्राउ >>   आज मिति २०८२ साल असार ०३ गते मंगलबार ,हेर्नूहोस् आजको राशिफल >>   आगामी आर्थिक वर्षको बजेट यथार्थपरक, कार्यान्वयनयोग्य र विश्वसनीयः अर्थमन्त्री पौडेल >>   धुम्रपान र मद्यपानको विज्ञापनमा कडाई आवश्यकः अध्यक्ष दाहाल >>   संसद अवरोध हुँदा सरकारले आफ्नो कारबाही अघि बढाउनु स्वभाविकः अध्यक्ष केसी
Logo
३ असार २०८२, मंगलवार
३ असार २०८२, मंगलवार

शिक्षा र निजामति ऐन ल्याउने कुरामा काँग्रेस दृढ छः सभापति देउवा


काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्वदेशमै सीपको उपयोग र लगानी गर्ने वातावरण सिर्जना गर्न जरुरी भइसकेको बताएका छन् ।

पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले रोजगारी सिर्जना गरी युवा जनशक्ति स्वदेशमै रहने वातावरण मिलाउनुपर्ने बताउदै राष्ट्रिय नीतिमै रोजगारीलाई प्राथमिकता दिनुपर्ने कुरा आवश्यक रहेको उल्लेख गरेका छन् । उनले शिक्षा ऐन, निजामति ऐन ल्याउने कुरामा पनि नेपाली काँग्रेस दृढ रहेको बताए । सामाजिक सुरक्षा भत्ता वितरणमा समाजवादी अवधारणा बमोजिम नसक्नेलाई उपलब्ध गराउनुपर्ने देखिएको र योगदानमा आधारित सामाजिक सुरक्षा असंगठित क्षेत्रका श्रमजीविहरुले पाउन सहज बनाउनुपर्ने बताउदै त्यसका लागि कानून संशोधन गरेर व्यवहारिक रुपमा कार्यान्वयन गर्न आवश्यक रहेको जिकिर गरेका छन् ।

सभापति देउवाले भने, ‘शिक्षा ऐन, निजामति ऐन ल्याउने कुरामा पनि नेपाली काँग्रेस दृढ छ । सामाजिक सुरक्षा भत्ता वितरणमा समाजवादी अवधारणा बमोजिम नसक्नेलाई उपलब्ध गराउनुपर्ने देखिन्छ भने योगदानमा आधारित सामाजिक सुरक्षा असंगठित क्षेत्रका श्रमजीविहरुले पाउन सहज होस्, भन्नका निमित्त कानून संशोधन गरेर व्यवहारिक रुपमा कार्यान्वयन गर्नुपर्ने हुन्छ । अनौपचारिक क्षेत्रका श्रमीकका निम्ति श्रमीक पहिचान पञ्जीकरणका लागि स्थानीय तहमा व्यवस्था गर्न पार्टीले पहल गर्ने नै छ । रोजगारी सिर्जना गरी युवा जनशक्ति स्वदेशमै रहने र आफ्नै देशमा बुद्धि, सीप र लगानी गर्ने वातावरण सिर्जना गर्न जरुरी भइसकेको छ । राष्ट्रिय नीतिमै रोजगारीलाई प्राथमिकता दिनुपर्ने कुरा आवश्यक छ । ’

सभापति देउवाले श्रम क्षेत्रको कानून कार्यान्वयनमा केही समस्या रहेको गुनासो आएको भन्दै श्रम ऐनको कार्यान्वयनमा काँग्रेसले पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।


प्रकाशित मिति: ९ जेष्ठ २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?