Trending
>>   रास्वपाका कारण संसदको लोगो लगाएर हिँड्न लाज लाग्ने अवस्था आयोः प्रमुख सचेतक बर्तौला >>   कर्मचारीहरूप्रति ऊर्जा मन्त्री खड्काको कटाक्षः कामप्रति गम्भीर नहुने प्रवृत्तिले देश कहाँ पुग्छ ? >>   मिस्टर महानगर बडिबिल्डिङको तयारी पूरा >>   सत्तारुढ दलहरु एकअर्कालाई सिध्याउने मानसिकताले अघि बढेः महासचिव गुरुङ >>   राज्य बेपत्ता नागरिकप्रति संवेदनहीन भएको महासचिव चन्दको आरोप >>   भिजिट भिसा प्रकरणको अनुसन्धानको लागि उच्चस्तरीय छानबिन आयोग चाहिन्छः रास्वपा >>   सरकारले कोठाभित्र बोलाएर बाहिर निस्किने ढोका बन्द गरिदियोः इप्पान >>   देशभित्र भविष्य खोज्ने अभियानलाई तिब्रता दिनुपर्छः अर्थमन्त्री पौडेल >>   रास्वपाका सांसदहरूले निलो स्कार्फ लगाएर नाराबाजी गरेपछि काँग्रेसको नियमापत्ति, बैठक स्थगित >>   भिजिट भिसा प्रकरणमा न्यायिक आयोग गठन गर्न रास्वपाको माग
Logo
३ असार २०८२, मंगलवार
३ असार २०८२, मंगलवार

वाशिंगटन डी.सी. मा दुई इजरायली दुतावासका कर्मचारीको गोली हानी हत्या


एजेन्सी। वाशिंगटन डी.सी. मा रहेको यहुदी संग्रहालय नजिकै राति दुई इजरायली दुतावासका कर्मचारीको मृत्यु भएको अमेरिकी गृह सुरक्षा सचिव क्रिस्टी नोएमले बताएका छन् ।

वाशिंगटन डी.सी. मा रहेको यहुदी संग्रहालय नजिकै आज राति दुई इजरायली दुतावासका कर्मचारीहरूको हत्या गरिएको हो । मिडिया रिपोर्टहरूले दुई जनालाई गोली हानी मारिएको बताएका छन् । नोएमले घटनाबारे अनुसन्धान भइरहेको बताएका छन् ।

घाइतेहरूमध्ये एक जनालाई गम्भीर अवस्थामा नजिकैको अस्पतालमा लगिएको थियो र उनको मृत्यु भएको थियो । प्रहरीले हाल घटनाको सम्बन्धमा चासो राख्ने व्यक्तिसँग सोधपुछ गरिरहेको छ ।


प्रकाशित मिति: ९ जेष्ठ २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?