Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१५ माघ २०८२, बिहीबार
१५ माघ २०८२, बिहीबार

सडक जोखिम न्युनिकरणमा ध्यान दिनु जरुरीः एमाले सांसद गौतम


काठमाडौँ। नेकपा एमालेकी सांसद इन्दिरादेवी गौतमले सडक दुर्घटनाको जोखिम दिनहुँ बढीरहेकोले नियन्त्रणमा ध्यान दिनु आवश्यक रहेको बताएकी छिन् ।

बिहीवार बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले खनिरहेका सडकहरु अव्यवस्थित र अवैज्ञानिक तरिकाको भएकाले जोखिम बढिरहेको बताएकी छिन् । सांसद गौतमले आगामी दिनमा प्राकृतिक कारणले आउने जोखिमभन्दा मानवीय अदूरदर्शीताका कारण उत्पन्न हुने जोखिम न्युनिकरणमा काम गर्नुपर्नेमा जोड दिँदै चेतना अभावका कारण सानातिना विषयले पनि मानिसहरु मरिरहेको भन्दै त्यस्तो अवस्था आउन नदिन सचेतना कार्यक्रमहरु सञ्चालन गर्न आग्रह गरेकी छिन् ।

उनले भनिन्, ‘जोखिमहरु बढ्ने कारणहरु हाम्रो वस्तीहरु, हामीले खनीरहेका बाटाघाटाहरु, अव्यवस्थित र वैज्ञानिक तरिकाबाट अनुसन्धान नगरी, माटोको अवस्थाको जानकारी नलिई जताततै बाटो खनिरहँदा र बाटोको छेउ किनारलाई सुरक्षा दिने व्यवस्था नहुँदा हुने जोखिमहरुमा ध्यान दिनु आवश्यक छ । हामीले अब आउँदा दिनहरुमा प्राकृतिक कारणले आउने जोखिम एउटा हो र मानवीय अदूरदर्शिताका कारणले उत्पन्न हुने जोखिमहरुलाई अब आइन्दा यस खालका जोखिम ननिम्तने गरि व्यवस्थित तरिकाले अघि बढाउने विषयमा सल्लाह सुझाव दिँदै गर्नुहोला । हुम्लामा घटना घटिसकेपछि त्यहाँका जनताले पानी खान पाएनन् भन्ने कुरा आइरहेको छ । त्यस्तो हुँदा तत्काल खानेपानीको व्यवस्था गर्न नसकिएको अवस्थामा पनि त्यसको विकल्पका रुपमा जुन पानी त्यहाँ हुन्छ । त्यही पानीलाई शुद्धिकरण गर्ने विधिहरुको बारेमा पनि उनीहरुलाई जानकारी गराउनुपर्छ । विपदबाट जोगाउने कुरा एउटा हो र तत्काल मानिसहरुलाई मर्न नदिने साना तिना विषयले पनि मानिसहरु मर्न नपाउने खालको सचेतनाका कार्यक्रमहरु सञ्चालन गर्नुपर्छ । त्यसका लागि हामीले गर्नुपर्ने कामका लागि हामी सधैं सँगै रहनेछौं ।’

उनले विपद् न्युनिकरणका लागि सञ्चालन गरिने सचेतनाका कार्यक्रमहरुमा आफुहरुको सधैं साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गरेकी छिन् ।


प्रकाशित मिति: ८ जेष्ठ २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?