Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
१ कार्तिक २०८३, शनिबार
१ कार्तिक २०८३, शनिबार

‘मनसुनजन्य क्षति न्युनिकरणका लागि नीतिगत र संरचनागत सुधार जरुरी’


काठमाडौँ। नेपालमा विगत १० वर्षमा मनसुनजन्य ८ हजार ४ सय ४१ घटना भएकका छन् ।

बिहीवार बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख ईन्जिनियर दिनेशप्रसाद भट्टले यसबारेमा जानकारी गराएका छन् । मनसुनजन्य विपद्का कारण विगत १० वर्षमा बाढीका १ हजार ६ सय २ वटा घटना भएका छन् । त्यस्तै पहिरोका २ हजार ८ सय ४०, भारी वर्षाका १ हजार ५ सय ९७, चट्याङका घटनाहरु पनि बढेर गएको बताउनु भयो । विगत १० वर्षमा चट्याङका २ हजार ४ सय घटनाहरु रहेको बताएका छन् ।

यस वर्ष गत वर्षको भन्दा बढी पानी पर्ने र तातो पनि सरदर भन्दा बढी हुने बताउदै उनले यस वर्ष गत वर्षको भन्दा बढी प्रताडित हुनसक्ने आँकलन रहेको र सोहीअनुसार पूर्वतयारीको काम गरिरहेको बताएका छन्। मनसुनजन्य क्षति न्युनिकरणका लागि नीतिगत र संरचनागत सुधार जरुरी रहेको र सबै काम संघबाट गर्न नसकिने भन्दै स्थानीय तहलाई उसको जिम्मेवारी दिनुपर्ने बताएका छन् । उनले स्थानीय तहको क्षमता विकास गर्न पनि जरुरी रहेको बताएका छन् ।

उनले भने, ‘१० वर्षमा विपद्जन्य घटनाहरु हेर्दा बाढी, पहिरो, भारी वर्षा, चट्याङ त्यस्ता खालका घटनाहरु धेरै छन् । बाढीका १ हजार ६ सय २, पहिरोका २ हजार ८ सय ४०, भारी वर्षाका १ हजार ५ सय ९७, चट्याङका घटनाहरु पनि बढेर गएको छ । २ हजार ४ सय छन् । ८ हजार ४ सय ४१ घटनाहरु मनसुनजन्य विपद्को हाम्रो १० वर्षमा भएका छन् ।’

उनले समाजलाई जिम्मेवार बनाउन नसकेसम्म विपद् व्यवस्थापन दुरुस्त हुन नसक्ने जिकिर गरेका छन् ।


प्रकाशित मिति: ८ जेष्ठ २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?