Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२६ माघ २०८२, सोमबार
२६ माघ २०८२, सोमबार

उद्धारमा खटिने प्रत्येक गोताखोरको मनोबल उच्च र उपकरण दुरुस्त हुनुपर्छः महानिरीक्षक अर्याल


काठमाडौँ। सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्यालले उद्धारमा खटिने प्रत्येक गोताखोरको मनोबल उच्च र उपकरण दुरुस्त हुनु आवश्यक रहेको बताएका छन् ।

बुधवार कुरिनटारमा रहेको सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालयमा आयोजित गोताखोर तालिमको समापन कार्यक्रममा बोल्दै उनले सशस्त्र प्रहरी बलका सम्पूर्ण इकाईहरुमा आधारभुत उपयोग सामग्रीको व्यवस्थापनलाई प्राथमिकता दिनका लागि यसै आर्थिक वर्षदेखि हामीले नयाँ योजना शुरु गरिएको बताएका छन् । उनले हाल उपलब्ध केही उपकरणहरु पुराना भएकाले तिनको सुरक्षा परीक्षण, मर्मतको आवश्यक रहेको उल्लेख गर्दै हाल ६० फिट गहिराईसम्मको तालिम सञ्चालन भइरहेको र थप उन्नत तालिम तथा आधुनिक उपकरणमार्फत क्षमता अभिवृद्धि गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । उनले उपकरणहरुको मर्मतसम्भार र नयाँ खरिदको लागि आवश्यक बजेट व्यवस्थापनका लागि मन्त्रालयसँग समन्वय गरिरहेको र केही कार्यहरु अघि बढेको समेत बताएका छन् ।

उनले भने, ‘उद्धारमा खटिने प्रत्येक गोताखोरको मनोबल उच्च र उपकरण दुरुस्त हुनु आवश्यक छ । सशस्त्र प्रहरी बलका सम्पूर्ण इकाईहरुमा आधारभुत उपयोग सामग्रीको व्यवस्थापनलाई प्राथमिकता दिनका लागि यसै आर्थिक वर्षदेखि हामीले नयाँ योजना शुरु गरेका छौँ । हाल उपलब्ध केही उपकरणहरु पुराना भएकाले तिनको सुरक्षा परीक्षण, मर्मतको आवश्यक छ । हाल ६० फिट गहिराईसम्मको तालिम सञ्चालन भइरहेको छ र थप उन्नत तालिम तथा आधुनिक उपकरणमार्फत क्षमता अभिवृद्धि गर्नुपर्ने आवश्यकता छ । हामीले उपकरणहरुको मर्मतसम्भार र नयाँ खरिदको लागि आवश्यक बजेट व्यवस्थापनका लागि मन्त्रालयसँग समन्वय गरिरहेका छौँ । केही कार्यहरु अघि बढेका पनि छन् ।’

महानिरीक्षक अर्यालले गोताखोर लगायत उच्च जोखिमका उद्धारमा खटिनेहरुलाई प्रोत्साहनस्वरुप सशस्त्र प्रहरी बल नेपालले सिमित श्रोतका बाबजुद विभिन्न कल्याणकारी सुविधा प्रदान गर्दै आएको बताएका छन् ।


प्रकाशित मिति: ७ जेष्ठ २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?