Trending
>>   प्रधानमन्त्री र मन्त्रीहरु आफ्नो निर्वाचन क्षेत्रको मात्रै भएः उपेन्द्र यादव >>   सदन अवरुद्ध गर्नु भनेको निजामति, शिक्षा, नागरिकता ऐन पास हुन नदिनु होः अध्यक्ष दाहाल >>   नेपालमा उद्योग खोल्न नदिन छिमेकीले अनेक प्रपञ्च गरिरहेको छः महासचिव भुसाल >>   निर्वाचन पद्धति र शासन प्रणालीबारे बढी बहस हुन जरुरी छः सभामुख घिमिरे >>   न्यायाधीश सिफारिस समावेशी हुन नसकेको भन्दै सांसदहरुको आपत्ति, न्याय परिषद्लाई संसदीय समितिमा बोलाउन माग >>   सर्वोच्च अदालतका तीन न्यायाधीशसहित एक न्याय परिषद् सदस्यको संसदीय सुनुवाई शुरु >>   विद्यालय शिक्षा संविधानतः स्थानीय सरकारको क्षेत्राधिकारभित्र जान्छः मन्त्री पन्त >>   बाध्य भएर सरकार र आन्दोलनकारी शिक्षकसँगको सम्झौतामा हस्ताक्षर गरेँः शिक्षा समिति सभापति थापा >>   समय सीमाभित्र शिक्षा विधेयक सदनमा पेश गर्न समस्या आउनसक्छः एमाले सांसद राई >>   जिम्मेवार पक्षसँगको छलफलपछि प्रतिवेदनलाई अन्तिम रुप दिएका हौँः संयोजक विश्वकर्मा
Logo
३१ जेष्ठ २०८२, शनिबार
३१ जेष्ठ २०८२, शनिबार

उद्धारमा खटिने प्रत्येक गोताखोरको मनोबल उच्च र उपकरण दुरुस्त हुनुपर्छः महानिरीक्षक अर्याल


काठमाडौँ। सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्यालले उद्धारमा खटिने प्रत्येक गोताखोरको मनोबल उच्च र उपकरण दुरुस्त हुनु आवश्यक रहेको बताएका छन् ।

बुधवार कुरिनटारमा रहेको सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालयमा आयोजित गोताखोर तालिमको समापन कार्यक्रममा बोल्दै उनले सशस्त्र प्रहरी बलका सम्पूर्ण इकाईहरुमा आधारभुत उपयोग सामग्रीको व्यवस्थापनलाई प्राथमिकता दिनका लागि यसै आर्थिक वर्षदेखि हामीले नयाँ योजना शुरु गरिएको बताएका छन् । उनले हाल उपलब्ध केही उपकरणहरु पुराना भएकाले तिनको सुरक्षा परीक्षण, मर्मतको आवश्यक रहेको उल्लेख गर्दै हाल ६० फिट गहिराईसम्मको तालिम सञ्चालन भइरहेको र थप उन्नत तालिम तथा आधुनिक उपकरणमार्फत क्षमता अभिवृद्धि गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । उनले उपकरणहरुको मर्मतसम्भार र नयाँ खरिदको लागि आवश्यक बजेट व्यवस्थापनका लागि मन्त्रालयसँग समन्वय गरिरहेको र केही कार्यहरु अघि बढेको समेत बताएका छन् ।

उनले भने, ‘उद्धारमा खटिने प्रत्येक गोताखोरको मनोबल उच्च र उपकरण दुरुस्त हुनु आवश्यक छ । सशस्त्र प्रहरी बलका सम्पूर्ण इकाईहरुमा आधारभुत उपयोग सामग्रीको व्यवस्थापनलाई प्राथमिकता दिनका लागि यसै आर्थिक वर्षदेखि हामीले नयाँ योजना शुरु गरेका छौँ । हाल उपलब्ध केही उपकरणहरु पुराना भएकाले तिनको सुरक्षा परीक्षण, मर्मतको आवश्यक छ । हाल ६० फिट गहिराईसम्मको तालिम सञ्चालन भइरहेको छ र थप उन्नत तालिम तथा आधुनिक उपकरणमार्फत क्षमता अभिवृद्धि गर्नुपर्ने आवश्यकता छ । हामीले उपकरणहरुको मर्मतसम्भार र नयाँ खरिदको लागि आवश्यक बजेट व्यवस्थापनका लागि मन्त्रालयसँग समन्वय गरिरहेका छौँ । केही कार्यहरु अघि बढेका पनि छन् ।’

महानिरीक्षक अर्यालले गोताखोर लगायत उच्च जोखिमका उद्धारमा खटिनेहरुलाई प्रोत्साहनस्वरुप सशस्त्र प्रहरी बल नेपालले सिमित श्रोतका बाबजुद विभिन्न कल्याणकारी सुविधा प्रदान गर्दै आएको बताएका छन् ।


प्रकाशित मिति: ७ जेष्ठ २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?