
काठमाडौँ। नेकपा एमाले सांसद योगेशकुमार भट्टराईले आफ्नो कार्यकालमा पोखरा विमानस्थलमा कुनै अनियमितता भएको अख्तियारले छानविन गरेको खण्डमा आफू बयान दिन जाने बताएका छन् ।
बुधवारको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले आवश्यक छानविन गरीकन यथार्थ विवरण अख्तियारले पनि समितिमा पठाउन जरुरी रहेको बताउदै साथै आवश्यक कारबाही गर्न पछि हट्न नहुने बताएका छन् । निर्णयको प्रक्रियामा आफ्नो पार्टीको कोही संलग्न भएको भए काराबाहीको दायरामा आउने प्रतिवद्धता जनाएका छन् ।
उनले भने, ‘यसमा आवश्यक छानविन गरीकन यथार्थ विवरण यहाँ पनि पठाउनुपर्छ अख्तियारले । साथै आवश्यक कारबाही पनि गर्नुपर्छ । यो निर्णयको प्रक्रियामा मेरो पार्टीको पनि कोही संलग्न छौँ, छन् भने कारबाहीको दायरामा हामी आउँछौँ । म टोटल मिडियाको अगाडि भन्छु । मेरो कार्यकालमा पोखरा विमानस्थलमा कुनै अनियमितता भएको अख्तियारले छानविन गर्छ भने म बयान दिन जान्छु । अर्को पयर्टनमन्त्री पनि जाओस् ।’
सांसद भट्टराईले कसैलाई लुकाउन, छिपाउन कसैले पनि नखोेजेको बताएका छन् ।
प्रकाशित मिति: ७ जेष्ठ २०८२, बुधबार