Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

बैंक तथा वित्तीय संस्थाको सञ्चालक बन्नका लागि उमेरहद नराखौँः उपेन्द्र पौडेल


काठमाडौँ। बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन) का अध्यक्ष उपेन्द्र पौडेलले बैंक तथा वित्तीय संस्थाका संचालक बन्नका लागि उमेरहद नराख्न प्रश्ताव गरेका छन्।

अर्थ समितिमा बुधवार भएको बाफिया विधेयकमाथिको छलफलमा भाग लिँदै उनले उमेरमा भन्दा पनि योग्यता, अनुभवलाई हेरिनुपर्ने जिकिर गर्दै सञ्चालक पदावधि सकिएपछि पुन नियुक्ति हुनसक्ने व्यवस्था राखिनुपर्ने बताएका छन् । उनले अहिले सञ्चालकको संख्या कम भएको भन्दै बढाउन समेत आग्रह गरेका छन् । उनकाअनुसार सञ्चालक समिति सदस्य ७ जना राखिएको छ । अमेरिकामा १३ जनासम्म हुने भन्दै बढाउनुपर्ने बताएका छन् । विकास बैंक, फाइनान्सको संख्या कम आएका छन मर्जर गर्दा निर्देशक बन्न खोज्ने धेरै रहेको र संञ्चालकको संख्या बढी हुँदा उनीहरुलाई व्यवस्थापन गर्न सहज पुग्ने पौडेलले बताएका छन् ।

उनले भने,‘बाफियामा उमेरहदर राख्न खोजिएको छ, यो ठिक होइन । सञ्चालकको उमेर हद राखिनु हुँदैन । सञ्चालकको योग्यता हेरिनुपर्छ । स्नातक नै गरेको भनेर तोक्न जरुरी छैन । उसको योग्यता अनुभवलाई राख्न सकिन्छ, कम्तिमा ५–१० वर्ष अनुभव राखियो भने प्रभावकारी हुन्छ ।’

अन्य देशमा १३ सदस्य हुने भन्दै नेपालमा बढी हुँदा केही समस्या नहुने बताउँदै यसमा समितिले आवश्यक निर्णय लिन हिच्किचाउन नहुने उनको भनाइ छ ।


प्रकाशित मिति: ७ जेष्ठ २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?