Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

बैंक तथा वित्तीय संस्थाको सञ्चालक बन्नका लागि उमेरहद नराखौँः उपेन्द्र पौडेल


काठमाडौँ। बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन) का अध्यक्ष उपेन्द्र पौडेलले बैंक तथा वित्तीय संस्थाका संचालक बन्नका लागि उमेरहद नराख्न प्रश्ताव गरेका छन्।

अर्थ समितिमा बुधवार भएको बाफिया विधेयकमाथिको छलफलमा भाग लिँदै उनले उमेरमा भन्दा पनि योग्यता, अनुभवलाई हेरिनुपर्ने जिकिर गर्दै सञ्चालक पदावधि सकिएपछि पुन नियुक्ति हुनसक्ने व्यवस्था राखिनुपर्ने बताएका छन् । उनले अहिले सञ्चालकको संख्या कम भएको भन्दै बढाउन समेत आग्रह गरेका छन् । उनकाअनुसार सञ्चालक समिति सदस्य ७ जना राखिएको छ । अमेरिकामा १३ जनासम्म हुने भन्दै बढाउनुपर्ने बताएका छन् । विकास बैंक, फाइनान्सको संख्या कम आएका छन मर्जर गर्दा निर्देशक बन्न खोज्ने धेरै रहेको र संञ्चालकको संख्या बढी हुँदा उनीहरुलाई व्यवस्थापन गर्न सहज पुग्ने पौडेलले बताएका छन् ।

उनले भने,‘बाफियामा उमेरहदर राख्न खोजिएको छ, यो ठिक होइन । सञ्चालकको उमेर हद राखिनु हुँदैन । सञ्चालकको योग्यता हेरिनुपर्छ । स्नातक नै गरेको भनेर तोक्न जरुरी छैन । उसको योग्यता अनुभवलाई राख्न सकिन्छ, कम्तिमा ५–१० वर्ष अनुभव राखियो भने प्रभावकारी हुन्छ ।’

अन्य देशमा १३ सदस्य हुने भन्दै नेपालमा बढी हुँदा केही समस्या नहुने बताउँदै यसमा समितिले आवश्यक निर्णय लिन हिच्किचाउन नहुने उनको भनाइ छ ।


प्रकाशित मिति: ७ जेष्ठ २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?