Trending
>>   नयाँ सांसदहरूको शपथ ग्रहण १२ गते गर्ने तयारी >>   बिहीवारदेखि राजनीतिक दललाई संसदीय दलको कार्यालय उपलब्ध गराएका छौँः प्रवक्ता गिरी >>   राष्ट्रपति पौडेलसमक्ष निर्वाचन, २०८२ को अन्तिम प्रतिवेदन पेश >>   असनमा मनाइयो देवता जुधाउने जात्रा (फोटो फिचर) >>   पञ्चाङ्गमा एकरूपता र कार्यान्वयनका चुनौती औँल्याउँदै मनाइयो ज्योतिष दिवस >>   शनिवार पूर्वी क्षेत्रमा ११९ किलोमिटर प्रतिघण्टाको वेगमा हावाहुरी चल्ने प्रक्षेपण, अनावश्यक यात्रा नगर्न सुझाव >>   एमालेले सशक्त प्रतिपक्षको भुमिका निर्वाह गर्छः सचिव अर्याल >>   एक्कासी सुनको मुल्यमा आयो ठूलो गिरावट, चाँदी पनि सस्तो >>   सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ >>   समानुपातिकका ११० सांसदलाई आज प्रमाणपत्र, सरकार गठनको बाटो खुल्ने
Logo
५ चैत्र २०८२, बिहीबार
५ चैत्र २०८२, बिहीबार

आर्थिक क्षेत्रमा राष्ट्र बैंकको भुमिका महत्वपूर्ण छ, त्यसैअनुसार काम गर्छुः नवनियुक्त गभर्नर पौडेल


काठमाडौँ। नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले पदभार ग्रहण गरेका छन्।

पदभार ग्रहणपछि नवनियुक्त गभर्नर पौडेलले पाँच सय र एक हजारका नयाँ नोट छपाई गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् । पदभार ग्रहणपछि प्रतिक्रिया दिँदै उनले मौद्रिक नीति र वित्त नीति अलग विषय रहेको बताउदै मौद्रिक नीतिले सरकारको वित्त नीति कार्यान्वयनमा केही अवरोध गरेको भए परिमार्जन गर्दै जाने बताएका छन् । उनले पहिलो काम मौद्रिक नीतिले तय गरेका विषयहरुलाई सफल बनाउनेतर्फ र अर्को काम सुपरीवेक्षण बढाउने भएको स्पष्ट पारेका छन्। नेपालका विभिन्न बैंकहरुमा सर्वसाधारणका धेरै पैसा बसेका र तिनीहरुको सुरक्षाका लागि सुपरीवेक्षण प्राथमिकतामा पर्ने उनको भनाइ थियो ।

उनले भने, ‘राष्ट्र बैंकको भुमिका महत्वपूर्ण छ सबैलाई थाहा नै छ । हामी दुईटा कुरालाई फोकस गर्छौं । एउटा मौद्रिक नीतिले तय गर्छ यसलाई सफल बनाउनका लागि र अर्को सुपरीवेक्षण नै हो । धेरै नियम बनाएर काम देखिँदैन त्यसैले सुपरीवेक्षणलाई बढाउँ भन्ने छ । बैंकको क्षमता बढाउने हो त्यसमाथि बैंकको मेजर काम सबैलाई थाहै छ । विभिन्न बैंकमा सर्वसाधारणका पैसा बसेका छन्, तिनीहरुको सुरक्षा गर्ने । ल्याण्डिङ पोलिसि राम्रो ल्याउने हो । ल्याण्डिङ पोलिसिहरु पोलिसीहरुको प्रयोग राम्रोसँग भएको छ छैन भनेर अनुगमन गर्ने । निरन्तर मूल्यांकन गर्नेलगायतका कार्यहरु प्राथमिकतामा छन् । त्यसैगरी मौद्रिक नीतिले तय गरेका कामहरु सम्पन्न गर्नु नै मुख्य उद्देश्य हुन्छ । अर्को चाहीँ भनेको सुपरीवेक्षणमा नै फोकस हुन्छ । मैले पोलिसी मेकिङ सधैं सम्भावनारहित हुनुपर्छ भनेको छु । हाम्रो देशमा धेरै स्टेक होल्डरहरु छन् । सुरुमा म आफैं सोलुशन ल्याएर यसैलाई गरौं भन्ने पक्षमा पनि छैन । सबैलाई मैले के भनेको छु भने एकदिन अगाडि मौद्रिक नीति ल्याएर यसैमा सबैलाई जबरजस्ती गराउने हैन । नीतिका विषयमा सम्बन्धित पक्षहरुसँग छलफल नै गर्छु पहिला । त्यसको आधारमा मौद्रिक नीति तय हुन्छ । त्यसैले सबैले राम्रो सोच्नुपर्ने हुन्छ । हामीले अहिले दिएका अधिकारहरु प्रयोग गर्ने हो र ऐनअनुसार काम गर्ने हो । दिएका अधिकारहरु प्रयोग गरेरै काम गर्ने हो त्यसका लागि नेपाल राष्ट्र बैंकका सम्पूर्ण कर्मचारीको एकमत रहन्छ ।’

उनले गभर्नरका अर्का आकांक्षी राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टको राजीनामा अस्वीकृत हुनु आन्तरिक कुरा भएको बताएका छन् ।


प्रकाशित मिति: ७ जेष्ठ २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?