Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त


काठमाडौँ। सरकारले डा. विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गरेको छ ।

मंगलवार बसेको मन्त्रीपरिषद्को बैठकले डा. पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गरेको हो । यसअघि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा रहेको गभर्नर सिफारिस समितिले तीन जनाको नाम गभर्नरका लागि मन्त्रीपरिषद्मा सिफारिस गरेको थियो । जसमा डा. विश्वनाथ पौडेल, का.मु गभर्नर निलम ढुंगाना, डा. पूर्वसचिव दिनेश भट्टराई रहेका थिए  । जसमध्येबाट पौडेललाई नियुक्त गरिएको मन्त्री गुरुङले बताएका छन् ।

उनले भने, ‘उपप्रधानमन्त्री एवं अर्थमन्त्री माननीय विष्णुप्रसाद पौडेको नेतृत्वमा बनेको तीन सदस्यीय सिफारिस समितिको सिफारिसका आधारमा तीन जना व्यक्तिहरु डा. विश्वनाथ पौडेल, का.मु गभर्नर निलम ढुंगाना, डा. दिनेश भट्टराई पूर्वसचिव तीन जना सिफारिस गरेकोमा डा. विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नर पदमा सिफारिस समितिले सिफारिस गरेको तीन जना मध्येबाट नियुक्त गर्ने निर्णय गरेको छ ।’

मन्त्री गुरुङले लामो प्रतिक्षपछि गभर्नरको विषय टुंगिएको बताएका छन् ।


प्रकाशित मिति: ६ जेष्ठ २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?