Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

दक्षिण गाजामा इजरायली सैन्य कारबाहीमा कम्तिमा ७ प्यालेस्टिनीको मृत्यु


एजेन्सी। स्थानीय र चिकित्सा स्रोतहरूकाअनुसार दक्षिणी गाजापट्टी शहर खान युनिसमा इजरायली सैन्य कारबाहीको क्रममा सोमवार एक फिल्ड कमाण्डरसहित कम्तिमा सात प्यालेस्टिनीको मृत्यु भएको छ ।

नागरिक पोशाक लगाएको इजरायली विशेष बलले शहरको अल–कातिबा छिमेकमा घुसपैठ गरेको थियो । गाजा र पश्चिम किनारमा सशस्त्र गुटहरूको खुकुलो समूह, लोकप्रिय प्रतिरोध समितिहरूसँग संवद्ध नासेर सलाह अल–दिन ब्रिगेडका कमाण्डर अहमद सरहानलाई मारेको थियो । सेनाले क्षेत्रबाट फिर्ता हुनुअघि सरहानकी श्रीमती र बच्चाहरूलाई हिरासतमा लिएको थियो । खान युनिसको नासेर अस्पतालका चिकित्सा अधिकारीहरूले इजरायली कारबाहीको क्रममा हवाई र तोपखानाको श्रृंखलाबद्ध आक्रमणमा मारिएका सरहान सहित सात पीडितहरूको शव प्राप्त भएको पुष्टि गरे ।

स्थानीय बासिन्दाहरूले सिन्ह्वालाई छुट्टै बताएअनुसार इजरायली युद्धविमान र हेलिकप्टरहरूले अल–कारारा, अल–फुखारी र बानी सुहेला क्षेत्रहरू, साथै अल–अक्सा विश्वविद्यालय र स्ट्रीट ५ वरपरका धेरै स्थानहरूलाई लक्षित गर्दै ३० भन्दा बढी आक्रमणहरू गरेका छन् ।

इजरायलले १९ महिनाभन्दा बढी समयदेखि गाजामा सैन्य अपरेशनहरू गर्दै आएको छ । प्यालेस्टिनी गुटहरूसँग सम्बन्धित साइटहरूलाई लक्षित गर्न विशेष एकाइहरू र गुप्तचर उपायहरू प्रयोग गर्दै आएको छ । लामो समयदेखि जारी इजरायली आक्रमणले गाजामा हालसम्म ५३ हजार ४ सय ७५ प्यालेस्टिनीको मृत्यु भएको छ । १ लाख २१ हजार ३ सय ९८ जना घाइते भएका छन् ।


प्रकाशित मिति: ६ जेष्ठ २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?