Trending
>>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल >>   ‘घर जलिरहेको बेला मानिसलाई फारम भर्न लगाइँदैन, तत्काल उद्धार गरिन्छ, जलवायु न्यायको अर्थ यही हुनुपर्छ’:प्रधानमन्त्री… >>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

दक्षिण गाजामा इजरायली सैन्य कारबाहीमा कम्तिमा ७ प्यालेस्टिनीको मृत्यु


एजेन्सी। स्थानीय र चिकित्सा स्रोतहरूकाअनुसार दक्षिणी गाजापट्टी शहर खान युनिसमा इजरायली सैन्य कारबाहीको क्रममा सोमवार एक फिल्ड कमाण्डरसहित कम्तिमा सात प्यालेस्टिनीको मृत्यु भएको छ ।

नागरिक पोशाक लगाएको इजरायली विशेष बलले शहरको अल–कातिबा छिमेकमा घुसपैठ गरेको थियो । गाजा र पश्चिम किनारमा सशस्त्र गुटहरूको खुकुलो समूह, लोकप्रिय प्रतिरोध समितिहरूसँग संवद्ध नासेर सलाह अल–दिन ब्रिगेडका कमाण्डर अहमद सरहानलाई मारेको थियो । सेनाले क्षेत्रबाट फिर्ता हुनुअघि सरहानकी श्रीमती र बच्चाहरूलाई हिरासतमा लिएको थियो । खान युनिसको नासेर अस्पतालका चिकित्सा अधिकारीहरूले इजरायली कारबाहीको क्रममा हवाई र तोपखानाको श्रृंखलाबद्ध आक्रमणमा मारिएका सरहान सहित सात पीडितहरूको शव प्राप्त भएको पुष्टि गरे ।

स्थानीय बासिन्दाहरूले सिन्ह्वालाई छुट्टै बताएअनुसार इजरायली युद्धविमान र हेलिकप्टरहरूले अल–कारारा, अल–फुखारी र बानी सुहेला क्षेत्रहरू, साथै अल–अक्सा विश्वविद्यालय र स्ट्रीट ५ वरपरका धेरै स्थानहरूलाई लक्षित गर्दै ३० भन्दा बढी आक्रमणहरू गरेका छन् ।

इजरायलले १९ महिनाभन्दा बढी समयदेखि गाजामा सैन्य अपरेशनहरू गर्दै आएको छ । प्यालेस्टिनी गुटहरूसँग सम्बन्धित साइटहरूलाई लक्षित गर्न विशेष एकाइहरू र गुप्तचर उपायहरू प्रयोग गर्दै आएको छ । लामो समयदेखि जारी इजरायली आक्रमणले गाजामा हालसम्म ५३ हजार ४ सय ७५ प्यालेस्टिनीको मृत्यु भएको छ । १ लाख २१ हजार ३ सय ९८ जना घाइते भएका छन् ।


प्रकाशित मिति: ६ जेष्ठ २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?