Trending
>>   रास्वपाका कारण संसदको लोगो लगाएर हिँड्न लाज लाग्ने अवस्था आयोः प्रमुख सचेतक बर्तौला >>   कर्मचारीहरूप्रति ऊर्जा मन्त्री खड्काको कटाक्षः कामप्रति गम्भीर नहुने प्रवृत्तिले देश कहाँ पुग्छ ? >>   मिस्टर महानगर बडिबिल्डिङको तयारी पूरा >>   सत्तारुढ दलहरु एकअर्कालाई सिध्याउने मानसिकताले अघि बढेः महासचिव गुरुङ >>   राज्य बेपत्ता नागरिकप्रति संवेदनहीन भएको महासचिव चन्दको आरोप >>   भिजिट भिसा प्रकरणको अनुसन्धानको लागि उच्चस्तरीय छानबिन आयोग चाहिन्छः रास्वपा >>   सरकारले कोठाभित्र बोलाएर बाहिर निस्किने ढोका बन्द गरिदियोः इप्पान >>   देशभित्र भविष्य खोज्ने अभियानलाई तिब्रता दिनुपर्छः अर्थमन्त्री पौडेल >>   रास्वपाका सांसदहरूले निलो स्कार्फ लगाएर नाराबाजी गरेपछि काँग्रेसको नियमापत्ति, बैठक स्थगित >>   भिजिट भिसा प्रकरणमा न्यायिक आयोग गठन गर्न रास्वपाको माग
Logo
३ असार २०८२, मंगलवार
३ असार २०८२, मंगलवार

सिंहदरबार परिसरबाट बोतल र जारको पानी विस्थापित हुन्छः मन्त्री यादव


काठमाडौँ। खानेपानीमन्त्री प्रदीप यादवले मेलम्चीको खानेपानी सिंहदरबारमा औपचारिक वितरण शुरु गरेका छन् ।

सोमवार सिंहदरबार परिसरमा आयोजित एक समारोहबीच मन्त्री यादवले मेलम्चीको पानी पिएर अभियानको शुभारम्भ गर्दै मेलम्चीको पानी वितरणबाट अब सिंहदरबार परिसरमा प्रयोग हुँदै आएको बोतल र जारको पानी विस्थापित हुने जानकारी दिएका छन्। मन्त्री यादवले अबदेखि सिंहदरबारमा रहेका सबै मन्त्रालय र कार्यालयहरुमा मेलम्चीको स्वच्छ, सुरक्षित र भरपर्दो पानी आपूर्ति गर्ने बताउदै खानेपानी वितरण प्रणालीलाई पारदर्शी, दिगो र सस्तो बनाउँदै प्रशासनिक क्षेत्रमै उदाहरणीय अभ्यासको थालनी गरिएको उनको भनाइ छ ।

उनले भने, ‘हामीले भनेका थियौं मेलम्चीको पानी सिंहदरबारमा ल्याउने । त्यो पानी सबै मन्त्रालयमा पु¥याउने साथै सिंहदरबारभित्र जार र मिनरल वाटरका बोतलहरु चलिरहेको छ त्यसलाई बन्द गर्ने । त्यसैका लागि हामीले मेलम्चीको पानी सिंहदरबारमा शुरुवात गरेका छौं । हामीले प्रधानमन्त्री कार्यालय अगाडि नै खानयोग्य पानी चलाएका छौं । अब यो पानी सबै मन्त्रालयमा जान्छ । जुन जार र मिनरल वाटरका बोतल प्रयोग भइरहेका थिए अब त्यसको अन्त्य गर्छौं । साथै अन्य मन्त्रीहरुले पनि यसको नेतृत्व लिनुपर्छ । यसको सुरुवात भैसक्यो । अब यसको पाइपलाइन सबै मन्त्रालयमा जान्छ । आजबाट विधिवत रुपमा मेलम्चीको पानी आयो । यसभन्दा अघि भूमीगत पानी सिंहदरबारमा आएको थियो, मेलम्चीको पानी आएको थिएन ।’

उनले सुशासन, पारदर्शीता र जनताको सेवा गर्नेतर्फको प्रतिवद्धताको उदाहरण भएको बताएका छन् ।


प्रकाशित मिति: ५ जेष्ठ २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?