Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

स्वदेशी उत्पादनलाई बढी प्रयोग गरौँः उपप्रधानमन्त्री सिंह


काठमाडौँ। उपप्रधानमन्त्री प्रकाशमान सिंहले स्वदेशी उत्पादनलाई बढी प्रयोग गर्न आग्रह गरेका छन् ।

सोमवार ललितपुरमा सिमेन्ट उत्पादक संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालमा २२ २२ मिलियन मेट्रिक टन सिमेन्ट उत्पादन हुने गरेको भन्दै स्वदेशी उत्पादनको बढी प्रयोग गर्नुपर्ने बताउदै स्वदेशी उत्पादनको प्रयोग बढी गर्दा आयातमुखी अर्थतन्त्र नियन्त्रण गर्न सकिने बताएका छन् । स्वदेशी उत्पादनको प्रयोग बढाउनसके अर्थतन्त्रलाई पनि सही दिशामा लैजान सकिने र आयातलाई नियन्त्रण गर्न सकिने बताए ।

उपप्रधानमन्त्री सिंहले भने, ‘सिमेन्टको कुरा गर्दा २२ मिलियन मेट्रिक टन सिमेन्ट हामीले स्वदेशमै उत्पादन गर्ने गरेका छौँ । कस्टको लागि हेर्ने हो भने सामग्रीहरु आयात गर्नु भन्दा आफ्नै देशमा उत्पादन भएको सिमेन्ट प्रयोग गर्दा प्रोडक्शनलाई पनि बढवा दिन्छ । आयातमुखी अर्थतन्त्रलाई नियन्त्रण गर्न उल्लेखनिय रुपमा भुमिका खेल्छ । यस पक्षलाई ध्यान दिएर अघि बढ्नुपर्छ ।’

उपप्रधानमन्त्री सिंहले नेपालको भूबनावट चुनौतिपूर्ण रहेको बताएका छन् ।


प्रकाशित मिति: ५ जेष्ठ २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?