Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

स्वदेशी उत्पादनलाई बढी प्रयोग गरौँः उपप्रधानमन्त्री सिंह


काठमाडौँ। उपप्रधानमन्त्री प्रकाशमान सिंहले स्वदेशी उत्पादनलाई बढी प्रयोग गर्न आग्रह गरेका छन् ।

सोमवार ललितपुरमा सिमेन्ट उत्पादक संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालमा २२ २२ मिलियन मेट्रिक टन सिमेन्ट उत्पादन हुने गरेको भन्दै स्वदेशी उत्पादनको बढी प्रयोग गर्नुपर्ने बताउदै स्वदेशी उत्पादनको प्रयोग बढी गर्दा आयातमुखी अर्थतन्त्र नियन्त्रण गर्न सकिने बताएका छन् । स्वदेशी उत्पादनको प्रयोग बढाउनसके अर्थतन्त्रलाई पनि सही दिशामा लैजान सकिने र आयातलाई नियन्त्रण गर्न सकिने बताए ।

उपप्रधानमन्त्री सिंहले भने, ‘सिमेन्टको कुरा गर्दा २२ मिलियन मेट्रिक टन सिमेन्ट हामीले स्वदेशमै उत्पादन गर्ने गरेका छौँ । कस्टको लागि हेर्ने हो भने सामग्रीहरु आयात गर्नु भन्दा आफ्नै देशमा उत्पादन भएको सिमेन्ट प्रयोग गर्दा प्रोडक्शनलाई पनि बढवा दिन्छ । आयातमुखी अर्थतन्त्रलाई नियन्त्रण गर्न उल्लेखनिय रुपमा भुमिका खेल्छ । यस पक्षलाई ध्यान दिएर अघि बढ्नुपर्छ ।’

उपप्रधानमन्त्री सिंहले नेपालको भूबनावट चुनौतिपूर्ण रहेको बताएका छन् ।


प्रकाशित मिति: ५ जेष्ठ २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?