Trending
>>   नेपालमा वाह्य मिचाह प्रजातिको वनस्पतिको प्रकोप बढ्दै >>   परिपक्व उमेरमा विवाह गर्न थाले नेपाली >>   हिन्दु राष्ट्र र राजतन्त्र पुनःस्थापना नभएसम्म आन्दोलन रोकिँदैनः कमल थापा >>   शान्तिपूर्ण आन्दोलनमा हिंसा भए प्रधानमन्त्रीले जिम्मा लिनुपर्छः प्रमुख सचेतक शाही >>   बजेटः आकार बढ्दै, खर्च घट्दै >>   गणतन्त्र दिवसको पूर्वसन्ध्यामा मधेस प्रदेश सरकारको सरसफाई कार्यक्रम >>   भूटानी शरणार्थी प्रकरण सेलाउन नपाउदै भिजिट भिसा सेटिङ प्रकरणले देशको शिर थप निहुराएको माओवादीको टिप्पणी >>   भिजिट भिसा प्रकरणः राष्ट्रिय सभामा प्रमुख प्रतिपक्षीद्वारा गृहमन्त्रीको राजीनामा माग >>   हत्या गरेको अभियोगमा पक्राउ >>   बजारबाट ८० अर्ब खिच्दै राष्ट्र बैंक
Logo
१४ जेष्ठ २०८२, बुधबार
१४ जेष्ठ २०८२, बुधबार

विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सामान्य र कर्मकाण्डीः प्रकाश ज्वाला


काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता हेर्दा सामान्य, कर्मकाण्डी भएको बताएका छन् ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा अगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसद ज्वालाले सरकारले ल्याएको नीति तथा कार्यक्रममा उल्लेख भएका विषय केही छाँटकाँट गरेर प्रश्तुत गरिएको आरोप लगाउदै सिद्धान्त र प्राथमिकता हेर्दा बजेट फेरिपनि भुँइमान्छे र आधारभुत वर्गको पक्षमा आउने विश्वास गर्न नसकिने स्पष्ट पारेका छन् ।

सांसद ज्वालाले नीति तथा कार्यक्रम र प्राथमिकतालाई हेर्दा बजेट फेरिपनि दलाल, भूमाफिया, कालाबजारी र सम्पूर्ण रुपमा दलाल पुँजीपतिको हित र स्वार्थमा केन्द्रित भएर आउनसक्ने दाबी गर्दै बजेटका प्राथमिकताहरु हेर्दा उत्साह, उर्जा र जनमुखी या उत्पादन र रोजगारी सिर्जना गर्ने खालको आउँछ भन्ने नदेखिएको उनको भनाइ छ ।

उनले भने, ‘हामीले दिएको सुझाव अक्षरस पालना गर्नुभएको अनुभुति भएको छ । सरकारले ल्याएको नीति तथा कार्यक्रम जस्ताको तस्तै फोटोकपीको रुपमा आएको छ । दुई वटा दस्तावेज ल्याउनै पर्दैनथ्यो । केही छाँटकाँट गरेर यहाँ प्रश्तुत गरिएको छ । बजेटका प्राथमिकताहरु बजेट कस्तो आउँछ भन्ने हुनुपथ्र्यो तर त्यसो हुन सकेन । र, एउटा सामान्य फेरि पनि कर्मकाण्डी ल्याउनै पर्ने हो भन्ने हिसावले आएको छ । त्यसैले प्राथमिकताहरु हेर्दा जनतालाई उत्साह दिने खालको उर्जा दिने खालको र बजेट यो मार्गदर्शनमा बजेट जनमुखी आउँछ, विकासमैत्री आउँछ, उत्पादन र रोजगारि सिर्जना गर्ने खालको आउँछ भन्ने देखिँदैन । बरु नीति तथा कार्यक्रम र प्राथमिकतालाई हेर्दा फेरि पनि दलाल, भूमाफिया, कालाबजारीहरु अर्थात सम्पूर्ण रुपमा दलाल पुँजीपतिहरुको हित स्वार्थमा केन्द्रित भएर आउने आशंका गर्न सकिन्छ । त्यसकारण सिद्धान्त र प्राथमिकता हेर्दा बजेट फेरिपनि भूइ मान्छेहरुको पक्षमा, जनताको पक्षमा, आधारभूत वर्गको पक्षमा आउने विश्वास गर्न सकिँदैन । बजेटले भनेको एउटा कुरा अत्यन्त महत्वपूर्ण छ बजेटका सिद्धान्त र प्राथमिकतामा आर्थिक सुधार, उद्यमशीलता, उत्पादन र रोजगारीका थप अवसर सिर्जना गर्दै मानवीय र भौतिक विकासमा तिब्रता दिन र लोकतान्त्रिक मूल्यमा आधारित समाजवाद उन्मुख स्वतन्त्र र समृद्ध अर्थतन्त्रको आधार तयार गर्न सम्पूर्ण स्रोत साधन र सामथ्र्यको परिचालन गर्न जरुरी छ । वास्तवमा बजेटमा टेक्ने ठाउँ पनि यही नै हो । यो प्रतिवद्धताअनुसार बजेट ल्याउन सक्नु हुन्छ कि सक्नुहुन्न ? यो प्राथमिकता र प्रतिबद्धतालाई बजेटमा रिफ्लेक्स गर्न सकिन्छ कि सकिँदैन ? मुल कुरा यही हो ।’

उनले बजेटले आर्थिक सुधार, उद्यमशीलता, उत्पादन र रोजगारीका थप अवसर सिर्जना गर्दै मानवीय र भौतिक विकासलगायतका विविध विषयमा सम्पूर्ण स्रोत साधन र सामथ्र्यको परिचालन गर्नु जरुरी रहेको बताएका छन् ।


प्रकाशित मिति: ३० बैशाख २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?