Trending
>>   भिजिट भिसा प्रकरणमा मेरो संलग्नता छैन, यो म माथिको नियोजित आक्रमण होः गृहमन्त्री लेखक >>   नेपालमा वाह्य मिचाह प्रजातिको वनस्पतिको प्रकोप बढ्दै >>   परिपक्व उमेरमा विवाह गर्न थाले नेपाली >>   हिन्दु राष्ट्र र राजतन्त्र पुनःस्थापना नभएसम्म आन्दोलन रोकिँदैनः कमल थापा >>   शान्तिपूर्ण आन्दोलनमा हिंसा भए प्रधानमन्त्रीले जिम्मा लिनुपर्छः प्रमुख सचेतक शाही >>   बजेटः आकार बढ्दै, खर्च घट्दै >>   गणतन्त्र दिवसको पूर्वसन्ध्यामा मधेस प्रदेश सरकारको सरसफाई कार्यक्रम >>   भूटानी शरणार्थी प्रकरण सेलाउन नपाउदै भिजिट भिसा सेटिङ प्रकरणले देशको शिर थप निहुराएको माओवादीको टिप्पणी >>   भिजिट भिसा प्रकरणः राष्ट्रिय सभामा प्रमुख प्रतिपक्षीद्वारा गृहमन्त्रीको राजीनामा माग >>   हत्या गरेको अभियोगमा पक्राउ
Logo
१४ जेष्ठ २०८२, बुधबार
१४ जेष्ठ २०८२, बुधबार

सरकारमाथि गरिने आलोचना र खण्डनहरु स्वीकार्छौंः मन्त्री गुरुङ


काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ सरकारमाथि गरिने आलोचना र खण्डनहरु स्वीकार गर्न आफूहरु तयार रहेको बताएका छन् ।

मंगलवार बालुवाटारमा सिनेपा चलचित्र छायांकन स्टुडियो निर्माण आरम्भ उद्घोष समारोहलाई सम्बोधन गर्दै उनले बिग्रिएको ठाउँमा आलोचना गर्न आग्रह गर्दै बिरोधका लागि मात्रै बिरोध नगर्न सचेत गराएका छन्। उनले मिडिया काउन्सिल विधेयक अन्तिम चरणमा पुगेको पनि बताउदै नेपालमा सञ्चालनमा रहेका सामाजिक सञ्जालहरुले नेपालको कानून मान्नैपर्ने जिकिर गरेका छन् ।

मन्त्री गुरुङले भने, ‘तपाईंहरु सबैले आलोचना गर्नुस् हामीलाई । हाम्रा कुराहरु खण्डन हुनसक्छ । खण्डन हुनसक्छ । त्यो हामी स्वीकार्न तयार छौँ । कहाँ बिग्रियो त्यो भन्नुहोला । देशको हितमा, यो क्षेत्रको हितमा । जनताको हितमा कहाँ भएन ? लोकतन्त्रको हितमा कहाँ भएन भन्नुहोला । त्यो हामी सहस्र स्वीकार्न तयार छौँ । बिरोधका लागि बिरोध गर्ने भाष्य विकास भइरहेको छ । त्यसको व्यवस्थापनको कुरा गर्दा त्यहाँ पनि हामीले ठूलो ठूलो समस्या भोग्नुपरेको छ । मिडिया काउन्सिल विधेयक अन्तिम चरणमा पुगेको छ । यति धेरै पैसा कमाउने, सोसल नेटवर्क प्लेटफर्महरु छन् । त्यसको प्रयोग जसले गरिरहेको छ । त्यसले नेपालको संविधान मान्नुपर्ने की नपर्ने ? नेपालको कानून मान्नुपर्ने की नपर्ने ? तपाईंहरु सबैले नेपालको कानून मान्नुपर्छ । मैले पर्छ, प्रधानमन्त्रीज्युले पर्छ । राष्ट्रपतिज्युले मान्नुपर्छ । अनि तिनले मान्न नपर्ने भन्ने हुन्छ र दुनियाँमा । त्यसको पक्षमा हामी किन लागिरहेका छौँ । त्यसको नियमन जरुरी छ ।’

मन्त्री गुरुङले सोसल नेटवर्कको प्रयोग, सञ्चालन र नियमन गर्ने विधेयक संसदमा पेश भइसकेको र चाँडो भन्दा चाँडो पारित गर्ने जानकारी दिंदै साइबर क्राइम नियन्त्रण गर्नेकुरा मन्त्रालयको पहिलो प्राथमिकता भएको पनि बताए ।


प्रकाशित मिति: ३० बैशाख २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?