Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

यसअघि प्रधानमन्त्री हुँदा अहिलेको जस्तो पैसाको हाहाकार थिएनः प्रधानमन्त्री


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले देशको ढुकुटी रित्तो रहेको बताएका छन् ।

मंगलवार बालुवाटारमा सिनेपा चलचित्र छायांकन स्टुडियो निर्माण आरम्भ उद्घोष समारोहलाई सम्बोधन गर्दै उनले यसअघि आफू प्रधानमन्त्री हुँदा देशको ढुकुटीमा धेरै पैसा रहेको बताउँदै अहिले पैसा नहुँदा यो काम गर्छु भन्न पनि डराउनुपर्ने स्थिति रहेको बताएका छन् । उनले यसअघि प्रधानमन्त्री हुँदा धेरै पैसा रहेकाले जे पनि गर्नुपर्छ भनेर काम शुरु गरेको भन्दै सबै पालिकामा स्वास्थ्य केन्द्रको उद्घाटन गरेको बताउदै सोही समयमा निर्माण शुरु भएका ६० भन्दा बढी स्वास्थ्य केन्द्रहरु अहिले सञ्चालनमा रहेको बताएका छन् । उनले एक रुपैयाँ चन्दा उठाएर नेकपा एमालेको पार्टी कार्यालय बनाइदिने सम्मका कुराहरु आएको भन्दै त्यो भन्नमा र गर्नमा फरक हुने बताएका छन् ।

प्रधानमन्त्री ओलीले भने, ‘एक दुई वटा साना कामहरुमा साथी भाइहरु बहुत हौसिन्छन् । हामी छौँ भन्छन्, चन्दा उठाउँछन् । अस्ति हाम्रो पार्टी अफिस एक एक रुपैयाँमा बनाउँछौँ भन्ने पनि निस्किए । एक एक रुपैयाँमा पार्टी अफिस बनाउने अरे । एक एक रुपैयाँ चन्दा दिन्छौँ, पार्टी अफिस बनाउँछौँ । चन्दा एक एक रुपैयाँ कहाँ साटेर ल्याउने ? दिँदैन त्यो पनि । यो भन्ने एउटा कुरा हो । तर रियालिटी अर्को कुरा हो । जे होस् हामीले यो नयाँ काम शुरु गरेका छौँ । ६० वर्ष लाग्नुपर्ने होइन । यसका लागि जमिन खोजि भएको छ । यसमा बजेट पनि हालेको हो । म यसअघि प्रधानमन्त्री हुँदा अहिले जस्तो पैसाको हाहाकार थिएन । जे पनि गर्नुपर्छ भन्थेँ, जे पनि बनाउँथेँ ।’

प्रधानमन्त्री ओलीले आफू तीन वर्षको अन्तरालमा प्रधानमन्त्री हुँदा विकासको काम आफूले छोडेकै ठाउँमा रोकिएको बताए । पैसाको कमीले पहिला जस्तो यो पनि गर्छु, त्यो पनि गर्छु भन्ने आँट गर्न नसकिरहेको बताउदै उनले अर्थतन्त्र अब ओरालो नलाग्ने पनि बताएका छन् ।


प्रकाशित मिति: ३० बैशाख २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?