Trending
>>   भिजिट भिसा प्रकरणमा मेरो संलग्नता छैन, यो म माथिको नियोजित आक्रमण होः गृहमन्त्री लेखक >>   नेपालमा वाह्य मिचाह प्रजातिको वनस्पतिको प्रकोप बढ्दै >>   परिपक्व उमेरमा विवाह गर्न थाले नेपाली >>   हिन्दु राष्ट्र र राजतन्त्र पुनःस्थापना नभएसम्म आन्दोलन रोकिँदैनः कमल थापा >>   शान्तिपूर्ण आन्दोलनमा हिंसा भए प्रधानमन्त्रीले जिम्मा लिनुपर्छः प्रमुख सचेतक शाही >>   बजेटः आकार बढ्दै, खर्च घट्दै >>   गणतन्त्र दिवसको पूर्वसन्ध्यामा मधेस प्रदेश सरकारको सरसफाई कार्यक्रम >>   भूटानी शरणार्थी प्रकरण सेलाउन नपाउदै भिजिट भिसा सेटिङ प्रकरणले देशको शिर थप निहुराएको माओवादीको टिप्पणी >>   भिजिट भिसा प्रकरणः राष्ट्रिय सभामा प्रमुख प्रतिपक्षीद्वारा गृहमन्त्रीको राजीनामा माग >>   हत्या गरेको अभियोगमा पक्राउ
Logo
१४ जेष्ठ २०८२, बुधबार
१४ जेष्ठ २०८२, बुधबार

गौतमबुद्ध क्रिकेट रंगशाला बनेसँगै धुर्मस-सुन्तलीको दुःख हट्छः प्रधानमन्त्री


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले गौतमबुद्ध क्रिकेट रंगशाला सरकारले बनाएर छोड्ने बताएका छन्।

मंगलवार बालुवाटारमा सिनेपा चलचित्र छायांकन स्टुडियो निर्माण आरम्भ उद्घोष समारोहलाई सम्बोधन गर्दै उनले नयाँ काम शुरु गरिएको र काम शुरु गरेपछि बनेर छोड्ने बताएका छन् । उनले उहाँले सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले चितवनमा गौतमबुद्ध क्रिकेट रंगशाला बनाउन शुरु गर्दा त्यहाँ धेरै गाह्रो छ काम नथाल्नु भनेको स्मरण गर्दै पछि धेरै दुःख पाएको बताउदै क्रिकेट मैदान बनेसँगै उनीहरुको दुःख हट्ने जिकिर गरेका छन् ।

प्रधानमन्त्री ओलीले भने, ‘आज हामीले नयाँ काम थालेका छौँ । यसलाई सफल बनाउनुपर्नेछ । थालेपछि सफल हुन्छ । मैले गाह्रो छ, बाबुनानु त्यहाँ नथाल न, भन्दाभन्दै धुर्मुस—सुन्तलीले क्रिकेट मैदान शुरु गरे । बहुत दुःख पाए । माया लाग्छ । तर त्यो क्रिकेट मैदान पनि बन्छ । उनीहरुको दुःख कष्ट पनि हट्छ एकदिन । मैले त यही दुःख पाइन्छ भनेर नगर्नु भनेको हो । यति ठूलो काम आँटियो ।’

प्रधानमन्त्री ओलीले उनीहरुले धेरै ठूलो काम शुरु गरेको र एकदिन सफल हुने बताएका छन् ।


प्रकाशित मिति: ३० बैशाख २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?