Trending
>>   सशस्त्र द्वन्द्वका घटनाहरूको छानबिन, राहत र परिपूरणका लागि कोष स्थापना गर्न १ अर्ब विनियोजन >>   छिमेकी मित्र राष्ट्रहरूसँग आपसी हित र विश्वासको आधारमा द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने >>   शहरी विकास मन्त्रालयका लागि १ खर्ब १८ अर्ब ३४ करोड बजेट विनियोजन >>   सुन्दरीजलमा दैनिक थप २५ करोड ५० लाख लिटर क्षमताको पानी प्रशोधन केन्द्रको निर्माण गरिने >>   सामाजिक सुरक्षा कार्यक्रम एकीकृत गरिने, वृद्ध भत्ताको उमेर ७० वर्ष कायम >>   उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयको लागि ८६ अर्ब १ करोड रुपैयाँ बजेट विनियोजन >>   १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक >>   दिवा खाजा कार्यक्रमको रकम वृद्धि >>   महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका लागि २ अर्ब ८ करोड बजेट >>   सिआईबीको डिएसपी हुँ भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
Logo
१५ जेष्ठ २०८२, बिहीबार
१५ जेष्ठ २०८२, बिहीबार

पक्राउ पुर्जी जारी भएका सांसद प्रधानमन्त्रीसँग कुम जोडेर मञ्चमा बस्छन् :सांसद बराली


काठमाडौँ। नेकपा (माओवादी केन्द्र)का सांसद रणेन्द्र बरालीले लुम्बिनी प्रदेशका नेकपा (एमाले)का सांसद विष्णुप्रसाद पन्थीलाई पक्राउ नगरिएको भन्दै आपत्ति जनाएका छन् ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै सांसद बरालीले पक्राउ पूर्जी जारी भएका सांसद पन्थी प्रधानमन्त्रीसँग कुम जोडेर सार्वजनिक कार्यक्रममा बसिरहेको भएपनि पक्राउ नगरिएको भन्दै आपत्ति जनाएका छन् । प्रदेश सांसद पन्थी सोमवार लुम्बिनीमा आयोजित बुद्ध जयन्ती समारोहमा प्रमुख अतिथिको आसनमा सहभागी भएका थिए । उक्त कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली समेत सहभागि थिए । राजनीतिक पहुँचकै कारण सार्वजनिक कार्यक्रममा सहभागि हुँदा समेत प्रहरीले पक्राउ नगरेको भन्दै सांसद बरालीले सुशासनको कुन यो कस्तो नमूना हो ? भन्दै प्रश्न गरेका छन् ।

उनले भने, ‘जो सुशासनको ठेक्का लिएको सरकार छ, जो पक्राउ पूर्जी जारी भएको आफ्नौ पार्टीको सांसद छन् । प्रहरी प्रशासन जाँदाखेरी भेट नभएको भन्ने रिपोर्ट आउँछ । प्रधानमन्त्रीसँग कुम जोडेर मञ्चमा बसिरहन्छन् । सुशासनको कुन चाँही नमुना हो यो ? अर्को कुरा, गभर्नर नियुक्तिको सवालमा संसारले देख्नेगरी, इतिहासलाई नै ब्रेक गर्नेगरी रिक्त रहेको अहिलेको अवस्था छ । यो विषयमा के हुनुपर्ने हो के भइरहेको छ दुनियाँको अगाडि छर्लङ्ग छ ।’

सांसद बरालीले सरकारले गभर्नर नियुक्तिमा समेत ढिलाई गरेको उल्लेख गर्दै आम नागरिकले हेरिरहेको उल्लेख गरेका छन् ।


प्रकाशित मिति: ३० बैशाख २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?