Trending
>>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल >>   जापानी प्रधानमन्त्री ताकाइचीका नीतिहरूको विरोधमा टोकियोमा प्रदर्शन >>   ‘स्पष्ट बहुमतको सरकार बन्दा राजनीतिक अस्थिरता हट्छ’
Logo
२९ फाल्गुन २०८२, शुक्रबार
२९ फाल्गुन २०८२, शुक्रबार

आर्क्स ग्रुपद्वारा स्वयम्भू हारती ट्राभल्सलाई १८ वटा जुबाओ इभी भ्यान हस्तान्तरण


काठमाडौँ। आक्र्स ग्रुपले स्वयम्भू हारती टूर्स एण्ड ट्राभललाई चौध सिट क्षमताको १८ वटा जुबाओ भ्यान हस्तान्तरण गरेको छ ।

सोमवार आर्यन्या बुटिक होटल नागपोखरिमा एक कार्यक्रमको आयोजना गरी ट्राभल्सलाई उक्त भ्यान हस्तान्तरण गरेको हो । चीनमा निर्मित उक्त भ्यान अत्याधुनिक इलेक्ट्रोनिक गाडी भएको आक्र्स ग्रुपले जनाएको छ । विशेष गरी समूह यात्रा, सटल सेवा र व्यावसायिक यातायातका लागि उपयुक्त हुने बताइएको छ । पर्यावरणमैत्री र सस्तो सञ्चालन खर्चका साथ आरामदायी यात्राका लागि उपयुक्त हुने आक्र्स ग्रुपका अध्यक्ष राजेशकाजी श्रेष्ठले बताएका छन् । उनले आक्र्स ग्रुपको पूर्ण प्रतिवद्धतासात जुबाओ भ्यान नेपाली बजारमा प्रस्तुत गरिएको जानकारी दिएका छन् ।

उनले भने, ‘हामीले धेरै हेरौं, यसको बढी, वनावटलगायत धेरै सुविधा भएकोले धेरै मिहिनेत गरेर ल्याएका हौं । यसमा ११ र १४ सिट छ । उहाँहरुले १८ वटा एकै पटक लिने र अन्य ठाउमा पनि चलाउने भनेर लिनुभएको छ । अरु विस्तार गर्दै जाने योजना रहेको छ । इभी हामीलाई किन चाहियो भने वातावरण संरक्षणमा यसले महत्वपूर्ण योगदान दिन्छ । हाम्रो सडकको अवस्थाअनुसार पनि सहजीकरण भइरहेकोले इभीलाई महत्व दिनुपर्छ । यदि इभिको भन्सार बढ्यो भने अहिले आइरहेको राजश्व आउँदैन, फेरि पेट्रोल, डिजेल गाडिको जस्तै अवस्था हुन्छ ।’

स्वयम्भू हारती टुर्स एण्ड ट्राभलका सञ्चालक उज्जन महर्जनले जुआवो भ्यान आरामदायी र आकर्षक लागेकोले आफुहरुले खरिद गरेको जानकारी दिंदै मुख्य कुरा यो १४ सिटमा उपलब्ध भएको र नेपालको सडक सुहाउँदो भएको बताएका छन् । भ्यानमा अन्य केही समस्या नदेखिएको र यसमा यात्रा गर्दा आरामदायी हुने विश्वास आफुले लिएको जानकारी दिएका छन् ।

उनले भने, ‘कर्मसियलका लागि हामीले यो भ्यान लिएका हौं । रेन्ज र लुकसमेत आकर्षक भएकाले हामीले यो गाडी रोजेका हौं । अब नेपालमा क्लियरेन्सको समस्या छ । कमर्सियलका लागि यो नै उपयुक्त हो । मेन चाहिँ १४ सिटर त्यसमा पनि नयाँ भएकाले हामीले यसैलाई रोजेका छौं । र, यो हाम्रो सडक अवस्थाअनुसार पनि यो आरामदायी भएको महशुस गरेको छ ।’

अध्यक्ष श्रेष्ठले भ्यानले यातायातको गुणस्तर सुधार गर्दै वातावरण संरक्षणमा महत्वपूर्ण योगदान पु¥याउने र नेपाललाई दिगो हरित भविष्यतर्फ अघि बढाउन मद्दत गर्ने जानकारीसमेत दिएका छन् ।


प्रकाशित मिति: २९ बैशाख २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?