Trending
>>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल >>   जापानी प्रधानमन्त्री ताकाइचीका नीतिहरूको विरोधमा टोकियोमा प्रदर्शन
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

निजी क्षेत्रको समस्या समाधान सरकारको प्राथमिकताः अर्थमन्त्री पौडेल


काठमाडौँ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलल निजी क्षेत्रमा देखिएका समस्या समाधान गर्नु सरकारको प्रमुख प्राथमिकता रहेको बताएका छन् ।

आर्थिक वर्ष २०८२/८३ को बजेटका सम्बन्धमा सोमवार नेपाल चेम्बर अफ कमर्ससँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले अगामी आर्थिक वर्ष २०८२/८३ मा बजेटमार्फत निजी क्षेत्रसँग सहकार्य गर्दै अर्थतन्त्रको सुधारका लागि ठोस कदम चाल्ने बताएका छन् । अर्थतन्त्रमा निजी क्षेत्रको भुमिकालाई स्पष्ट रूपमा बुझ्ने दाबी गर्दै विगतका ढिलासुस्ती र अवरोध अन्त्य गर्नेतर्फ सरकार प्रतिवद्ध रहेको अर्थमन्त्री पौडेलको भनाइ छ ।

उनले निजी क्षेत्रलाई माथि उकास्नकै लागि सरकारले अध्यादेशमार्फत ३०–३२ वटा कानुनहरू संशोधन गरेको जिकिर गरेका छन् । अधयादेशमार्फत ल्याइएका कानुनहरू कार्यान्वयनका लागि आवश्यक नियमावली र निर्देशिका निर्माणको काम अगाडि बढिरहेको अर्थमन्त्री पौडेलले बताएका छन् ।

उनले भने, ‘वर्तमान सरकार अर्थतन्त्रमा निजी क्षेत्रको योगदानको महत्वलाई राम्रोसँग बुझ्दछ । त्यही भएर हामीले सरकार बनेपछि निजी क्षेत्रले लामो समयदेखि भोगिरहेका समस्याहरु समाधान गर्ने शिलशिलामा केही महत्वपूर्ण प्रयासहरु गरेका छौं । अध्यादेशको माध्यमबाट करिब ३०/३२ वटा कानूनहरु परिवर्तन गरेका छौं । अध्यादेशबाट सुरु भएको कानून संशोधनको प्रक्रियाले संसदबाट पूर्णता समेत प्राप्त गरेको छ । हामी ति संशोधनका प्रवन्धहरुलाई कार्यान्वयन गर्नका निम्ति आवश्यक नियमावली र निर्देशिकाहरु बनाएर अघि बढ्दैछौं । आर्थिक सुधारको लागि सरकारले चालेको यो अन्तिम नभई पहिलो कदम हो । हामी सुधारका एकपछि अर्को कामहरु चाल्दै जान्छौं । अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्नको लागि सरकार गम्भिर छ । हामी अहिले प्राप्त उपलब्धीहरुमा चित्त बुझाएर बस्ने अवस्थामा छैनौं । अरु थप उपलब्धी हासिल गर्ने दिशामा अघि बढ्छौं ।’

उनले अगामी आर्थिक वर्षको बजेट निर्माणका सम्बन्धमा निजी क्षेत्रबाट आएका सकारात्मक सुझावहरुका आधारमा बजेट निर्माण गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।


प्रकाशित मिति: २९ बैशाख २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?