Trending
>>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

पानी आपूर्ति प्रणाली रोकिँदा तिर्खाले मर्दै गाजावासी


एजेन्सी। प्यालेस्टिनी पानी प्राधिकरणले इजरायलसँगको जारी द्वन्द्वको बीचमा पानी र सरसफाई सेवाहरू लगभग पूर्ण रूपमा ध्वस्त भएका कारण गाजापट्टी पानीको संकटले समस्यामा परेको बताएको छ ।

एक विज्ञप्तिमा प्राधिकरणले इजरायली सैन्य कारबाही, व्यापक पूर्वाधार क्षति, बिजुली कटौती र इन्धन र आवश्यक आपूर्तिहरूमा प्रतिवन्धले पानी सेवाहरू लगभग ठप्प भएको बताएको छ । एन्क्लेभमा ८५ प्रतिशत पानी र सरसफाई सुविधाहरू गम्भीर रूपमा क्षतिग्रस्त भएका छन् । जसले गर्दा बासिन्दाहरूलाई प्रतिव्यक्ति प्रतिदिन औसतमा तीन देखि पाँच लिटर पानी मात्र बाँकी छ । विश्व स्वास्थ्य संगठनको १५ लिटरको न्युनतम आपतकालीन मापदण्ड भन्दा धेरै कम हो ।

गाजामा हमासद्वारा सञ्चालित सरकारको मिडिया कार्यालयले इजरायललाई व्यापक नाकाबन्दी लागू गरेर र मानवीय आपूर्तिको प्रवेशमा प्रतिबन्ध लगाएर एन्क्लेभमा रहेका २० लाख भन्दा बढी नागरिकहरू विरुद्ध संगठित अपराध गरेको आरोप लगाएको छ । इजरायलले लगातार ७० दिनसम्म सबै गाजा क्रसिङहरू बन्द राखेको छ ।

जसले गर्दा मानवीय र स्वास्थ्य संकट बिग्रँदै गएको भएपनि इन्धन, खाना र चिकित्सा आपूर्ति बोकेका अनुमानित ३९ हजार सहायता ट्रकहरूको प्रवेश रोकिएको छ ।


प्रकाशित मिति: २९ बैशाख २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?