Trending
>>   प्रतिनिधिसभा निर्वाचनको पछिल्लो परिणाम : प्रत्यक्षमा रास्वपाको भारी जित, समानुपातिकमा पनि अग्रता >>   राष्ट्रिय सभा खारेज गर्ने विषयमा पनि छलफल गर्न सकिन्छः रामकुमारी झाँक्री >>   राष्ट्रिय लिगमा शिर्ष स्थानको एपिएफ बराबरीमा रोकियो >>   नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरू को कस्ता ? >>   ४ मध्ये २ यातायात व्यवसायीले प्रतिनिधि सभा निर्वाचन जिते >>   इरानमाथिको अमेरिकी–इजरायली आक्रमणविरुद्ध वासिङ्टनमा प्रदर्शन >>   खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित >>   धुवाँ र धुलोको कचौरामा काठमाडौंः सास फेर्नै सकस (फोटो फिचर) >>   अब बन्ने सरकारसँग सहकार्य गर्न निजी क्षेत्र आतुर >>   महिलामाथि हुने विभेद राज्यको माथिल्लो तहसम्मै छः पूर्वमुख्यसचिव गड्तौला
Logo
२६ फाल्गुन २०८२, मंगलवार
२६ फाल्गुन २०८२, मंगलवार

सत्ता गठबन्धन धेरै जाला जस्तो देखिएनः वर्षमान पुन


काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले वर्तमान सत्तागठबन्धन धेरै अगाडि जान नसक्ने बताएका छन् ।

आईतवार संसद भवन परिसरमा न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले नीति तथा कार्यक्रममा नीति काँग्रेसको र कार्यक्रम एमालेको भएको आरोप लगाएका छन् । उनले नीति एकातिर र कार्यक्रम अर्कैतिरबाट आएकाले कार्यान्वयनमा शंका गर्नुपर्ने भन्दै सत्तागठबन्धन धेरै लामो सयम नटिक्ने जिकिर गर्दै उल्टो बाटोमा हिँडेको सरकारले ल्याएको नीति तथा कार्यक्रम भएकाले प्रतिक्रिया दिन पनि अप्ठ्यारो भएको दाबी गरेका छन्। उनले नीति तथा कार्यक्रम माथिको छलफलमा प्रधानमन्त्री गम्भीर नदेखिएको उनको भनाइ छ । युवामा देखिएका निराशा चिर्नेगरी युवाशक्तिलाई आशावादी बनाउने कुनै कार्यक्रम भएको भनेर प्रधानमन्त्रीले नै आत्मविश्वास गुमाएको उनको भनाइ छ ।

उनले भने, ‘सरकार उल्टो बाटो हिँडिरहेको छ । प्रतिक्रिया दिन पनि अफ्ठ्यारो छ । नीति तथा कार्यक्रममा नीति मात्रै ल्यायो कार्यक्रम ल्याएन । अहिले चाहिँ बजेटको सिद्धान्त र प्राथमिकता ल्याउनु पर्नेमा फेरि कार्यक्रम ल्यायो ।सरकार नै अलमलमा परेको देखिन्छ । नीति कार्यक्रममा नीति काँग्रेसको कार्यक्रम एमालेले बाँढेर कार्यक्रम बजेटको प्राथमिकतामा हालेको जस्तो सिद्धान्त जति वा नीतिगत कुराहरु कार्यक्रममा राखेको जस्तो देखिन्छ । यस्तो अफ्ठ्यारोमा छ सरकार । नीति एकातिरबाट कार्यक्रम अर्कोतिरबाट ल्याउनु पर्ने । दुई ठुला पार्टीहरुको गठबन्धन धेरै जाला जस्तो लाग्दैन यो तालले । उहाँहरुको जाला नजाला तर यो देशले जनताले सबैले दुःख पाइने भयो । नीति कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफमा सरकार प्रधानमन्त्री त्यति गम्भीर पाइएन । जति गम्भीर हुनुपर्ने हो किन भने यो गम्भीर विषय हो । किनभेन यो सिद्धान्तमा यसरी अगाडि लैजान्छु यो नीतिमा यो कार्यक्रममा मुख्य रुपान्तरणकारी कार्यक्रमहरु अहिले जनतामा विश्वास जगाउने कार्यक्रमहरु हुन्छन्, युवामा भएको निराशा चिर्ने खालका हुन्छने भनेर आत्मविश्वासका साथ प्रधानमन्त्रीले भन्न सक्नुभएन । त्यसो गर्दा बजेटमा शंका गर्नुपर्ने भयो अलमलको बजेट भयो । काम चलाउ जस्तो होला जस्तो छ ।’

पूर्वअर्थमन्त्री समेत रहनुभएका उपमहासचि पुनले नीति तथा कार्यक्रममा सत्ता गठबन्धनका दुई ठूला दल काँग्रेस र एमालेबीच विवाद देखिएको बताएका छन् ।


प्रकाशित मिति: २८ बैशाख २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?