Trending
>>   ‘टिमुरे टु त्रिवेणी’ अपरेसन : ११२ शव हस्तान्तरण गरिएको प्रहरीको जानकारी >>   विपद् प्रभावित क्षेत्रमा प्रहरी चौकी पुनःस्थापना तिब्र, शव खोजीमा आधुनिक प्रविधिको अभाव >>   टनेलभित्र ३७ जनाको शव भेटिएको थियो:नेपाली सेना >>   सार्वजनिक ऋण ३० खर्ब नाघ्यो, तीन महिनामै १ खर्ब २३ अर्ब ऋण परिचालन >>   दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनलाई मृत्युदण्ड दिन विशेष अभियोजन पक्षको माग >>   चीनमा ११० रोबोटले एकैसाथ नृत्य गरेर बनाए विश्व कीर्तिमान >>   स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा >>   भारतमा चक्रवात ‘अर्नब’का कारण मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो, ५७ हजार विस्थापित >>   आरोपकै आधारमा कसैलाई दोषि करार गर्दैनौँः मनिष झा >>   भोटेकोशी बाढी प्रभावितको पुनःस्थापनाको लागि जग्गा पहिचान गरिसक्यौँः सचिव भुजेल
Logo
१३ कार्तिक २०८३, शुक्रबार
१३ कार्तिक २०८३, शुक्रबार

नेताको होइन, जनताको सोचमा परिवर्तन गर्नुपर्छः सभामुख घिमिरे


काठमाडौँ। सभामुख देवराज घिमिरेले नेता परिवर्तन गर्ने नभइ जनताको सोचमा परिवर्तन हुन जरुरी रहेको बताएका छन्।

शनिवार सिंहदरबारमा पूर्व सांसद मञ्चले आयोजना गरेको नेपालको वर्तमान अवस्थाः चुनौति र समाधान विषयक एक दिने अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । सभामुख घिमिरेले यथार्थ के हो भन्ने बारे नेपाली जनताहरुले हेर्ने काम कम भइरहेको बताए । उनले कसैले बनाएको एउटा धारणालाई सही र गलत नछुट्याइ अघि बढ्ने परिपाटी विकसित भइरहेकोप्रति चिन्ता व्यक्त गर्दै यथार्थलाई बुझ्ने,बुझाउने र त्यसलाई लिएर अगाडि बढ्ने मानसिकता कम हुँदै गएको बताएका छन् । जनताको सोचमा परिवर्तन आउनुपर्ने समय आएको बताउदै उनले जनताको सोच व्यवहारमा परिवर्तन हुन नसक्दा र कुुप्रचारले महत्व पाएकोले सही विषय पनि गलत देखिन थालेको बताएका छन् । नेताको परिवर्तन प्रणालीले नै गरिरहेको पनि सभामुख घिमिरेले बताए ।

सभामुख घिमिरेले भने, ‘काठमाडौंको चैत्र १५ गतेको बिरोध प्रदर्शनको हत्या, हिंसा, आगजनी, लुटपाट, चोरी डकैतीको कुरालाई लिएर अहिले चर्चा छ । नेताको बिरुद्धमा र अहिलेको प्रणाली वा नीतिको बिरुद्धमा अभियान छ । यो संसदीय प्रणाली, वा शासन प्रणालीको बिरुद्धमा चर्चा चलिरहँदाखेरी एक जना कलाकारले नेता परिवर्तन होइन, जनता परिवर्तन गर्नुपर्छ भन्नेकुराहरु उठाएको छ । मलाई पनि त्यो कुराहरु सोच्नुपर्छ भन्ने लाग्छ । किनभने यथार्थ के हो भन्नेकुरा नेपाली जनताहरुले हेर्ने काम कम भइरहेको छ । एउटा धारणा बनायो, त्यसलाई चर्चामा जाने कुरा गरिएको छ । व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन भएन भन्ने व्यापक छ । आम जनतामै छ । आम रुपबाटै छ । हामीले यसलाई मसिनो विश्लेषण गर्ने हो भने आम रुपबाट छ । तर यथार्थ त्यस्तो हो की होइन ? यथार्थ त्यस्तो होइन । यथार्थलाई बुझ्ने बुझाउने र त्यसलाई लिएर अगाडि बढ्ने मानसिकता कम भइरहेको । त्यसको मतलव हो जनताको सोच परिवर्तन गर्नुपर्ने भएको छ । जनताको सोच किन परिवर्तन हुँदैन, व्यवहारमा परिवर्तन नदेखेपछि हुँदैन । कुुप्रचारले महत्व पाइसकेपछि सही कुरा पनि हराएर जान्छ । सही कुराको विकास हुँदैन । आज जनताले सबैकुरा नकारात्मक मात्रै देखिरहँदा वा जनताको बीचमा त्यो प्रचार भइरहँदा त्यो यथार्थ हो की होइन भन्ने छ । नेता परिवर्तन त प्रणालीले नै गर्दछ । आवधिक निर्वाचनले गर्दछ ।’

सभामुख घिमिरेले अहिले राजनीतिमा अस्थिरता रहेको बताउदै देशमा बढिरहेको प्रणाली बिरुद्धको अभियानलाई जनताले निगरानीका साथ हेर्नुपर्ने र सजगताका साथ व्यवहार गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।


प्रकाशित मिति: २७ बैशाख २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?