Trending
>>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की >>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ
Logo
२४ मंसिर २०८२, बुधबार
२४ मंसिर २०८२, बुधबार

बजेट प्रश्तुत गर्ने समयमा गभर्नर नियुक्तिमा ढिलाई हुँदा नकारात्मक असर पर्छः रामहरि खतिवडा


काठमाडौँ। नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले सरकारले बजेट प्रश्तुत गर्ने समयमा नेपाल राष्ट्र बैंकका गभर्नर नियुक्त नहुनुले सरकारमाथि नकारात्मक असर पर्नसक्ने बताएका छन् ।

बिहीवार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले निमित्त गभर्नरले समस्या खडा गरेको देखिएको बताउदै कसैको लहडका भरमा गभर्नर नियुुक्तिमा ढिलाइ गर्न नहुनेमा जोड दिएका छन् । उनले अर्थतन्त्र चलायमान भइरहेको अवस्थामा गभर्नर नियुक्तिमा ढिलाई हुँदा समग्र अर्थतन्त्रमा समस्या उत्पन्न हुनसक्ने बताउदै अर्थतन्त्रलाई कमजोर हुन नदिन सरकारले तत्काल गभर्नर नियुक्ति गनुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘गभर्नरको निमित्त गभर्नरसँगै आएर हलो हड्किएको छ । उहाँले अर्काको राजीनामा स्वीकृत गर्दिन भनेर लागेको जस्तो छ । सरकारले यस्लाई समाधान गर्ने बाटोमा गएको छ । हामी चाहन्छौँ कसैका लहडका भरमा यस्लाई ढिलो समय लानु हुँदैन । अर्थतन्त्र झन् चलायमान छ, धितो बोर्डको व्यापक समाचारहरु आएका छन् । आर्थिक रुपमा त्यो कमजोर भयो भने के हुन्छ ? अहिले हामी वार्षिक बजेटमाथि छलफल गरिरहेका छौँ । बजेट अधिवेशनमा अर्थमन्त्रीले प्रस्तुत गर्ने बजेटमा गभर्नर नै नभएको बेला राष्ट्र बैंकमा भयो भने अर्को नकारात्मक असर पर्न सक्छ, त्यसैले गभर्नर छिटोभन्दा छिटो नियुक्ति गर्नुपर्छ ।’

सांसद खतिवडाले नीति तथा कार्यक्रम नेपाली काँग्रेस र नेकपा एमालेको संयुक्त कार्यक्रम भएकाले काँग्रेसले समर्थन गर्ने बताएका छन् । वर्तमान सरकारलाई काँग्रेसले अप्ठ्यारो नपार्ने उनको भनाइ छ ।


प्रकाशित मिति: २५ बैशाख २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?